विशेष रुपान्तरण अभियान जनसम्बन्ध सुदृढीकरणमा कोसेढुंगा सावित हुन्छ :  पूर्वमन्त्री मोदी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

उदयपुर । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता अमन लाल मोदीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ जनसम्बन्ध सुदृढीकरणमा कोसेढुंगा सावित् हुने बताएका छन् । उदयपुर जिल्लाको बेलका र चौदण्डीगढी नगरपालिका विभिन्न वडामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन गर्ने क्रममा पूर्वमन्त्री मोदीले यस्तो बताएका हुन् । माओवादी केन्द्रले आजबाट थालेको ३ महिने अभियानको देशका सबै वडामा एकैसाथ उद्घाटन भएको छ ।

‘जनताको आकांक्षा र चाहना बमोजिम विकास निर्माण र सुशासनमार्फत् मुलुकलाई समृद्धिको बाटोमा डो¥याउन सक्ने तागत माओवादीसँग मात्रै छ’ उनले भने, ‘संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, लगायतका एजेण्डालाई माओवादीले संविधानमार्फत् संस्थागत ग¥यो, अब जनताको जीवन बदल्ने संकल्पका साथ हामी आएका छौँ ।’ जनताको सुख दुखमा माओवादी सदैव सँगै रहने बताउँदै मोदीले थपे, ‘जनता र माओवादीबीच विशिष्ट खालको सामीप्यता छ, त्यो सामीप्यतालाई अझ प्रागाढ बनाउनका लागि हामी जनताको घरदैलोमा आएका छौँ ।’

बेलका र उदयपुरका विभिन्न वडामा कतै कोणसभा, कतै भलिबल प्रतियोगितामार्फत र सहिद बेपत्ता तथा सामाजिक व्यक्तित्वलाई सम्मान गर्दैै अभियानको उद्घाटन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array