झुटा विवरण पेस गरी गैर नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने पूर्व वडा अध्यक्ष पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

भद्रपुर,  झुटा विवरण पेस गरी गैर नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने झापाको भद्रपुरका एक पूर्व जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । भद्रपुर नगरपालिका वडा नं. ९ का पूर्व वडा अध्यक्ष ५२ वर्षीय शनिलाल राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ २४ गते गरेको फैसला अनुसार तत्कालीन वडा अध्यक्ष रहनुभएका राजवंशीलाई झुटा विवरण पेस गरी नागरिकता बनाइदिएको मुद्दामा १ वर्ष ३ महिना कैद र एक लाख जरिवानासहितको सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो ।

अदालतको फैसला आए पनि उहाँ फरार रहनुभएको थियो । फरार अभियुक्त पक्राउ गर्ने क्रममा उहाँलाई आइतबार पक्राउ गरिएको हो, रिजालले भन्नुभयो । पक्राउ गरेर अदालतमा पेस गरेर फैसला कार्यान्वयन लागि कारागार चलान गरिएको पनि रिजालले जानकारी दिनुभएको छ ।

राजवंशीले जानाजान रूपमा नक्कली कागजपत्र बनाएर जिल्ला प्रशासन कार्यालय झापाबाट विसं २०७३ देखि २०७६ सम्ममा १६ गैर नेपालीलाई नागरिकता दिन भूमिका खेलेको आरोप लागेको थियो । त्यो समयमा विभिन्न बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको पाइएको थियो ।

gorkhapatra

प्रतिक्रिया दिनुहोस्

Array