ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं, ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका-११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग कसूरमा संलग्न रही फरार रहेका मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो । उनलाई ज्यान मार्ने उद्योग कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्