बसुन्धारामा सवारी दुर्घटना एक जनाको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं,  काठमाण्डौ महानगरपालिका-३ बसुन्धारास्थित सडकमा प्र.३-०२-००६ प ६४०५ नम्बको मोटरसाइकल र  बा.प्र.०१-०२७ च ६७४७ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक संखुवासभा मकालु गाउँपालिका-१ घर भएका २७ वर्षीय दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । दुघटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।   बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array