मिड सोलु हाईड्रोपावर लिमिटेडको स्थानिय बासिन्दाहरुमा निष्काशन गरिएको साधारण शेयर बाँडफाँड

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ भाद्र २०८०, मंगलवार
3 Min Read
Aa

काठमाडौं, मिड सोलु हाईड्रोपावर लिमिटेडको स्थानिय बासिन्दाहरुमा निष्काशन गरिएको साधारण शेयर बाँडफाँड । एन आई सी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिड सोलु हाईड्रोपावर लिमिटेडको जारी पूँजीको १०% अर्थात रु.७,४८,४०,०००÷– रकम बराबरको रु.१०० अंकित दरको ७,४८,४०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र बमोजिम आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याएको शेयर मध्ये अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड न.पा. वडा नं.३,४,५,६,७ र ११ का स्थायी बासीन्दाहरुको लागि ५,६१,३०० कित्ता र प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड न.पा. वडा नं.३,४,५,६,७ र ११ बाहेकका अन्य सोलुखुम्बु जिल्लाका स्थायी बासीन्दाहरुको लागि १,८७,१०० कित्ता साधारण शेयरहरु मिति २०८०÷०४÷१४ गतेदेखि मिति २०८०÷०४÷३० गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला भएको अवधिमा प्राप्त भएका आवेदनहरुलाई आवश्यक प्रशोधन गरी देहाय बमोजिम शेयर बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
निष्काशनको समयमा आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुबाट जम्मा २,६७० जना आवेदकहरुबाट जम्मा ६,३३,०९० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको थियो । प्राप्त आवेदनहरु मध्ये ५२ जना आवेदकहरुले ११,०३० कित्ता शेयर खरिदको लागि आवेदन रितपुर्वक नदेखिएको हुँदा रद्द गरिएको थियो भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट जम्मा ५,९२९ जना आवेदकहरुबाट जम्मा ६,६६,४५० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको थियो । प्राप्त आवेदनहरु मध्ये २५६ जना आवेदकहरुबाट ४९,४९० कित्ता शेयर खरिदको लागि आवेदन रितपुर्वक नदेखिएको हुँदा रद्द गरिएको थियो ।

शेयर निष्काशनको अवधिमा आयोजना अति प्रभावित क्षेत्रको लागि छुट्याईएको शेयर रितपुर्वक प्राप्त आवेदनहरु मध्ये १० कित्ता देखि ५१० कित्ता शेयर माग गर्ने जम्मा २,५१० आवेदकलाई माग गरे बमोजिम ४,९७,६२० कित्ता, ६०० कित्ता देखि ४,९५० कित्तासम्म माग गर्ने १०८ जना आवेदकलाई ६२,६४० कित्ता शेयर गरी कूल ५,६०,२६० र उक्त बाँडफाँड पश्चात बाँकी रहेको १,०४० कित्ता शेयरको हकमा ६०० कित्ता देखि ४,९५० कित्ता माग गर्ने १०८ जना आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि अन्तर्गत न्यूनतम १० कित्ता शेयरका दरले १०४ जना सफल आवेदक छनौट गरी थप १० कित्ता शेयरका दरले १,०४० कित्ता शेयर बाँडफाँड गरिएको तथा आयोजना प्रभावित क्षेत्रको लागि छुट्याईएको शेयर रितपुर्वक प्राप्त आवेदनहरु मध्ये १० कित्ता देखि ३० कित्तासम्म शेयर माग गर्ने जम्मा ७३१ आवेदकलाई माग गरे बमोजिम १६,४७० कित्ता, ४० कित्ता देखि ४,००० कित्तासम्म माग गर्ने ४,९४२ जना आवेदकलाई ३० कित्ता शेयरका दरले १,४८,२६० कित्ता शेयर गरी कूल १,६४,७३० र उक्त शेयर बाँडफाँड पश्चात बाँकी रहेको २२,३७० कित्ता शेयरको हकमा ४० कित्ता देखि ४००० कित्तासम्म माग गर्ने ४,९४२ जना आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि अन्तर्गत न्यूनतम १० कित्ता शेयरका दरले २,२३७ जना सफल आवेदक छनौट गरी थप १० कित्ता शेयरका दरले २२,३७० कित्ता शेयर बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array