जापानमा नेपाली रेस्लरको जित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० भाद्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ, जापानमा भएको मैत्रीपूर्ण रेस्लिङ प्रतियोगितामा नेपाली रेस्लरले जित हात पारेका छन् । जापानको ओसाकामा भएको उक्त रेस्लिङमा भगवती खड्का (युनिका), अस्मिता सुनार (जुरेली) र भरतबहादुर बिसुराल (हिमालयन टाइगर) ले प्रतिस्पर्धा गरेका थिए ।
भगवती र जुरेलीको जोडीले मेडे टाइगर्ल, जाक्युएर योकोटा र हानाजोनो मोमोकालाई पराजित गरे । हिमालयनले अमेरिका र जापानका रेस्लरलाई पराजित गरेको भगवतीले जनाएकी छन् । एनआरएनए कोन्साइ कमिटी, ओसाकाको सहयोगमा रेस्लिङ भएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array