बातमती प्रदेशाअन्तरगतका विभिन्न अस्पतालमा आठौं तहका डाक्टरलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी, नवौं तहका डाक्टरहरुको असन्तुष्टि

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं- बातमती प्रदेश अन्तरगतका विभिन्न अस्पतालमा आठौं तहका डाक्टरलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएकोमा नवौं तहका डाक्टरहरुले असन्तुष्टि जनाएका छन्। बागमती प्रदेश अन्तरगतका त्रिशुली अस्पताल नुवाकोट, बकुलहर अस्पताल चितवन, सिन्धुली अस्पताल र धादिङ अस्पतालमा जुनिएरलाई मेडिकल सुपरिटेन्डेन्ट दिइएको पाइएको छ। त्रिशुली अस्पतालका डा अच्युत पौडेलले वरीयता अनुसार जिम्मेवारी दिन माग गरेका छन्। अस्पताल व्यवस्थापन समितिमा सिनियर डाक्टरहरुलाई समावेश नगरिएको उनले बताएका छन्।  यस्तै सिन्धुली, बकुलहर अस्पताल लगाएतमा वरीयता अनुसार जिम्मेवारी नहुँदा काम गर्न समस्या भएको डाक्टरहरुले बताएका छन्।

swasthekhabar

प्रतिक्रिया दिनुहोस्

Array