सितोरियो करातेमा पुनः दावा गुरुङ्ग अध्यक्षमा सर्वसम्मत निर्वाचित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ भाद्र २०८०, शनिबार
2 Min Read
Aa

बारा, बाराको निजगढमा जारी नेपाल सितोरियो कराते संघको दोश्रो साधारण सभा तथा महाधिवेशन ( निर्वाचन ) सर्वसम्मत रुपमा सम्पन्न भएको छ । उक्त निर्वाचनमा अध्यक्षमा धावा गुरुङ्ग ( दावा ) पुनःसर्वसम्मत बाट निर्वाचित भएका छन । बरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह,उपाध्यक्षहरुमा राजिव थापा,किशोर भट्टराई र पाल्छाङ हेन्जन निर्वाचित भए । त्यसैगरि सदस्यमा  देवकुमार लामा, प्रकाश मोहन धौवडेल ,प्रेमलाल बोम्जन,बिजयमान थापा,मिलन राज प्रसाई,हरि बहादुर घर्ती,राजेन्द्र बराल,हेमन्त कुमार मल्ल,मनिराम थापा,उमा महतो,बिजय बस्नेत,धर्म प्रसाद न्यौपाने,बिजय गुरुङ,मधु लामा,राधिका देउला,जानकी सेढाई महर्जन,कृष्ण गौतम,प्रेम बहादुर राना र ज्ञान बहादुर जिम्वा निर्वाचित भए । सर्वसम्मत रुपमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन टोलीका प्रमुख अधिवक्ता गोपी बहादुर भण्डारी, लोक बहादुर खुलाल र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले एक बिशेष समारोह बिच सार्वजनिक गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । नेपाल सितोरियो कराते संघको नयाँ संशोधित बिधान–२०८०  अनुरुप अध्यक्ष–१,बरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–३ र १९ जना सदस्यहरु सहित २५ सदस्यहरु निर्वाचित र बाकी मनोनित र आमन्त्रित सदस्यहरु गरि २९ जना कार्य समिति रहेको बिधानमा उल्लेख गरिएको छ भने पदाधिकारीहरुमा बाकी रहेका पदहरु उपाध्यक्ष,महासचिव,सचिव,कोषाध्यक्ष, सल्लाहकार सहित अन्य थप सदस्यहरु मनोनित गर्ने अधिकार  पनि अध्यक्षको रहेको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी’ईश्वर’ ले जानकारी गराउनुभयो । यस अघि एक बिशेष समारोह बिच कार्यक्रमको उदघाटन नेपाल सितोरियो करातेका संस्थापक प्रथम प्रमुख प्रशिक्षक महागुरु थानेश्वर राईले गर्नुभएको थियो । उक्त समारोहमा मधेस प्रदेशका सांसद मिना लामा,वागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्य लाल भण्डरी, राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव एवम नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, ७ वटै प्रदेशका प्रतिनिधि, पर्यबेक्षक, करातेका बरिष्ठ प्रशिक्षक, सितोरियो करातेकर्मीलगायत खेलप्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array