ड्रुक एअरको जहाज ४२ यात्रु लिएर फर्कियो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

भुटानको पारो विमानस्थलबाट ३ जना यात्रु लिएर उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भयो । बिहान ५ः५५ बजे उडेको ड्रुक एअरको जहाज ६ः४० मा पोखरामा ल्यान्ड भएको हो । सोही जहाज पोखरा विमानस्थलबाट ४२ अमेरिकी पर्यटक बोकेर ८ः१५ मा भुटानको थिम्पु फर्किएको विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले जानकारी दिए । सञ्चालनमा आएको ८ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय उडानबाट विमानस्थललाई आम्दानी भएको विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले बताए । यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किंदा रित्तै फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array