श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न : दुई दिवसीय बैठक आयोजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाउनु भएको छ।

उहाँले विदेशस्थित नेपाली दूतावास तथा कूटनैतिक नियोगका प्रतिनिधिहरूलाई काठमाडौँ बोलाई दुई दिवसीय बैठक आयोजना गर्नु भएको हो । श्रम आप्रवासनका सवालहरू र कूटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वैदेशिक श्रम स्वीकृति देखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ। बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ। यो छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहने जनाएको छ।

बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ। यस प्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुने भएको हो । बैठक भोलि र पर्सी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चल्ने छ।

प्रतिक्रिया दिनुहोस्

Array