त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखमा हमाल, गृहका १० सह–सचिबको सरुवा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ भाद्र २०८०, सोमबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । गृह मन्त्रालयले १० जना सह–सचिबहरुको सरुवा गरेको छ ।
गृहको मन्त्रीस्तरीय बैठकले १० सह–सचिबहरुको सरुवा गरिएको हो । जस अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा गोगन बहादुर हमाललाई जिम्मेवारी दिइएको छ ।
दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत हमाललाई गृहले बिमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरेको हो । दैलेख जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा उत्कृष्ट काम गर्नुभएका हमाल निजामती सेवामा स्वच्छ छबी बनाउन सफल अधिकृत हुनुहुन्छ ।
गृहले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत हुनुहुन्थ्यो । सुन तस्करी प्रकरणमा विवादित बनेपछि विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारी जगेढामा तानिएका छन । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीलाई दाङको सीडीओ बनाइएको छ ।
रुपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको सिडियोमा सरुवा गरिएको छ ।
त्यसैगरी मन्त्रालयमा सहसचिव शिवराम गेलाललाई महोत्तरीको सीडीओमा सरुवा गरिएको छ । महोत्तरीका सीडीओ दीपक कुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका सीडीओ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array