एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण निधन, अप्रत्याशीत निधनले देशनै शोकमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ भाद्र २०८०, मंगलवार
4 Min Read
Aa

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनकाे खबरले शीर्ष नेतृत्व स्तब्ध बनेकाे छ । बालुवाटारस्थित निजी निवासकाे शाैचालयमा बेहाेस भेटिएका नेम्वाङलाई गए राति शिक्षण अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घाेषित गरेका थिए । उनकाे हृदयाघातका कारण निधन भएकाे बताइएकाे छ ।

नेम्वाङको निधनको खबर फैलिएसँगै शीर्ष नेताहरू शिक्षण अस्पताल पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली मध्यराति नै शिक्षण अस्पताल पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू पनि अस्पताल पुगेका छन् ।

अस्पतालमा एमाले नेता कार्यकर्ताको बाक्लो भिड लागेको छ । नेम्वाङको शव केहीबेरमा श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले केन्द्रीय कार्यालय लगिने एमाले सचेतक महेश बर्तौलाले बताए ।राष्ट्रपति रामचन्द्र पाैडेलले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेम्वाङकाे निधनमा अन्य नेता तथा कार्यकर्ताहरूले पनि गहिराे दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल नेम्वाङप्रति श्रद्धाञ्जलीका शब्दहरूले भरिएका छन् ।

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनकाे खबरले शीर्ष नेतृत्व स्तब्ध बनेकाे छ । बालुवाटारस्थित निजी निवासकाे शाैचालयमा बेहाेस भेटिएका नेम्वाङलाई गए राति शिक्षण अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घाेषित गरेका थिए । उनकाे हृदयाघातका कारण निधन भएकाे बताइएकाे छ ।

नेम्वाङको निधनको खबर फैलिएसँगै शीर्ष नेताहरू शिक्षण अस्पताल पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली मध्यराति नै शिक्षण अस्पताल पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू पनि अस्पताल पुगेका छन् ।

अस्पतालमा एमाले नेता कार्यकर्ताको बाक्लो भिड लागेको छ । नेम्वाङको शव केहीबेरमा श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले केन्द्रीय कार्यालय लगिने एमाले सचेतक महेश बर्तौलाले बताए ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेम्वाङकाे निधनमा अन्य नेता तथा कार्यकर्ताहरूले पनि गहिराे दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल नेम्वाङप्रति श्रद्धाञ्जलीका शब्दहरूले भरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array