रामेछापको रजमनटारबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना : दुई जना गम्भीर घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

 रामेछाप,  रामेछापको सुतापति गाउँपालिका–३ देउसी चौतारोमा बुधबार बिहान भएको बस दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । रामेछापकै दोरम्बा शैलुङ गाउँपालिका–५ रजमनटारबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेकोको हो ।  दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई उपचारको लागि काठमाडौं पठाइएको सुनापति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिनीमाया बलले जानकारी दिइन् । बा ३ ख ५९६० नं को सो बस सडक किनारमा पल्टिएको छ । बसमा २५ बढी यात्री सवार थिए । गम्भीर बिरामीलाई एम्बुलेन्समा पठाइएको र अन्य बिरामीलाई गाउँपालिकाको गाडीमा पठाउने तयारी भइरहेको बलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

Array