राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन समेत थाल्यो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं ,  राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति निकाल्दै मन्त्री बनाउन ३ करोड रूपैयाँ माग गरेका थिए भनी विभिन्न सञ्चारमाध्यममा सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको जनाए । साथै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन समेत थालेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठले मोहनजंगको नाम मुछेका थिए। केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले कोर टिमको सदस्य मोहनजंगले मन्त्री बनाइदिने भन्दै आफूसँग तीन करोड रकम माग गरेको आरोप लगाएपछि पार्टीले छानबिन थालेको हो।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array