राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म निरपेक्षता धार्मिक द्वन्द्व निम्त्याउन ल्याइएको आरोप

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म निरपेक्षता धार्मिक द्वन्द्व निम्त्याउन ल्याइएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै धर्म निरपेक्षताको आडमा धर्मान्तरण बढिरहेको बताए । उनले भने, ‘धर्म निरपेक्षता अकारण आएको थिएन । यही धार्मिक द्वन्द्व निम्त्याउनको लागि हाम्रो बीचको एकता समाप्त गर्न र हामीलाई विभाजित गर्न ल्याइएको थियो । हामीले बारम्बार यही कुरा भन्दै आइरहेका थियौं आज प्रमाणित हुँदै आइरहेको छ । त्यसैले अब हामी सबै जाग्ने बेलामा आइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्

Array