स्वर्गीय सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि दुई छोराले दिए दागबत्ती

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं, बिहीबार पशुपति आर्यघाटमा उनको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाए श्रद्धाञ्जली अर्पण गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा र पुष्पगुच्छा चढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरेका थिए। नेम्वाङको पार्थिव शरीरमा उनका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । राजकीय सम्मानस्वरुप नेपाल सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो। अन्त्येष्टिमा नेपाल सरकारका मन्त्रीहरू,राजनीतिक दलका शीर्ष नेताहरू,आफन्त,परिवारजन तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array