रेडि ट्रेडमार्फत् दुई महिनामा भित्रिएका ३६२ किलो सुनमा ६० किलो मात्रै बरामद बाँकी ३०१ किलो सुनको अवस्था अज्ञात

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ भाद्र २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं, ‘ब्रेक(शू’ मार्फत हङकङ्ग हुँदै नेपाल ल्याएर साउन २ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उक्त प्रकरणमा ५० जनालाई विभिन्न कसूरमा मुद्दा दर्ता गराउन रायसहितको आफ्नो प्रतिवेदन बुझाएको छ ।

काठमाडौं,सिआईबीका अनुसार हङ्कङबाट नेपालमा सुन तस्करीका लागि विभिन्न सात वटा कम्पनी दर्ता भएको पाइएको छ । लेखनाथ कार्की डोलीको नाममा दर्ता रहेको छुङ्गाक इलेक्ट्रिक सप्लायर्स, रामकुमार भुजेलको नाममा दर्ता रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स, कुमार बहादुर भुजेलको नाममा दर्ता रहेको ह्वाडा इलेक्ट्रिक सप्लायर्स, रामबहादुर भुजेलको नाममा दर्ता रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स, विकुन्द्र भुजेलको नाममा रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स, दिलीप भुजेलको नाममा दर्ता रहेको रेडी ट्रेड र सरिता तामाङको नाममा रहेको सरिता सप्लायर्स सुन तस्करीका लागि खडा गरिएको पाइएको सिआईबीले जनाएको छ ।

सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । पक्राउ परेकामध्ये २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार सूचीमा १४ विदेशी र ४ नेपाली छन्। तस्करीमा संलग्नविरुद्ध सङ्गठित अपराध, चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउन सिआईबीको राय रहेको छ । रेडि ट्रेडमार्फत् दुई महिनामा भित्रिएका सबै ब्रेक प्याडको तौल एकिन उक्त कम्पनीमार्फत ३६२ किलो सुन भित्रिएको सिआईबीको निष्कर्ष छ ।

यति ठूलो मात्रामा सुन तस्करी भएपनि अहिलेसम्म ६० किलो ७१६ ग्राममात्रै सुन बरामद भएको छ । बाँकी ३०१ किलो २८४ ग्राम सुनको अवस्था अज्ञात रहेको छ ।कूल ३६२ किलो सुन बरामद भएको पुष्टि भएकाले आरोपितविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बराबरको बिगो कायम गरेर मुद्दा अघि बढाउनुपर्ने सिआईबीको राय छ ।

Reporters

प्रतिक्रिया दिनुहोस्

Array