बालेन शाह ‘टाइम’को उदीयमान नेताको सूचीमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa
, काठमाडौँ,  बालेन शाह ‘टाइम’को उदीयमान नेताको सूचीमा, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह प्रतिष्ठित टाइम पत्रिकाको उदीयमान १ सय नेताहरूको सूचीमा पर्न सफल भएका छन् । द न्यूयोर्क टाइम्सले पाँच महिनाअघि शाहबारे प्रोफाइल पनि प्रकाशित गरेको थियो ।शाहलाई ‘२०२३ टाइम१०० नेक्स्ट’ सूचीमा समावेश गर्दै उनले गत स्थानीय तहको निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीतको चर्चा गरेको छ । ३३ वर्षीय स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै ‘बालेन प्रभाव’ सिर्जना गरेको जिकिर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array