प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई नियन्त्रणमा लिई मरणासन्न हुने गरी कुटपिट भएको घटना सार्वजनिक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० भाद्र २०८०, शनिबार
1 Min Read
Aa

रौतहट । प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई नियन्त्रणमा लिई मरणासन्न हुने गरी कुटपिट भएको घटना सार्वजनिक भएको छ । ईप्रका विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई प्रहरी हिरासतबाट बाहिर निकाली निघार्त कुटपिट गरिएको हो । फतुवा विजयपुर नगरपालिका घुसुकपुर निवासी उमेश कुमार यादवको ट्रकको ठक्करबाट सन्तपुर चौक मृत्यु भए पछि पक्राउ परेका ट्रक चालकलाई निर्घात कुटपिट गरिएको हो ।

सो दुर्घटना परी निधनप्रति भएका प्रति दुःख व्यक्त सो क्षेत्रका प्रतिनिधिसभा सदस्य प्रभु साहले विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट बलजब्ती बाहिर निकाली जङ्गलराजको शैलीमा निर्मम कुटपिटको निन्दा गरेका छन् । उनले सो घटनामा संलग्न अपराधीहरूलाई यथाशीघ्र कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन सहित नेपाल सरकार सँग जोडदार मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array