जनचेतना फैलाउन एन्जल्स हार्ट नेश्नल स्कुलका विद्यार्थीहरुको सडक नाटक प्रर्दशन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० भाद्र २०८०, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत एन्जल्स हार्ट नेश्नल स्कुलमा अध्ययन्रत विद्यार्थीहरुले बाल दिवसको अवसरमा चेतना मुलक सडक नाटक प्रदर्शन गरेका छन् ।
शुक्रबार तारकेश्वर नगरपालिका वडा नं १० को लोकतान्त्रीक चोक, वडा नं ९ को मनमैजु मन्दीर र इन्द्रायणी पुल तथा टोखा नगरपालिकाको धनेश्वर मन्दीरमा जनचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको एन्जल्स हार्ट नेश्नल स्कुलका प्रधानाध्यापक टक थापाले जानकारी दिनुभयो ।

No description available.
विद्यालयका कक्षा कोठामा अध्ययनका लागि संघै व्यस्त रहने बालबालीकाहरु शुक्रबार भने बनजंगल फडानीका कारण मानव र पशुपन्छीहरुमा पर्ने असरका बारेमा समाजमा सकारात्मक सन्देश प्रबाह गर्नका लागि सडकमै उत्रिएर सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका हुन् । कलिला बालबालीकाकाहरुले अनेक भेषमा सडक नाटक प्रदर्शन गरिरहंदा स्थानीयबासी र सडकमा हिडने बटुवाहरुले नाटक हेरेर मनोरञ्जन लिइरहेका थिए ।
लोकतान्त्रीक चोकमा प्रदर्शन गरिएको सडक नाटकमा तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राई तथा मनमैजु मन्दीरमा प्रदर्शन भइरहेको सडक नाटकमा वडा नं ९ का अध्यक्ष श्याम कृष्ण महर्जन उपस्थीत भएर सडक नाटक हेदै विद्यार्थीहरुलाई हौसला प्रदान गर्नुभएको थियो ।

No description available.
एन्जल्स हार्ट नेश्नल स्कुलमा कक्षा ४ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीहरु सडक नाटक प्रदर्शनमा सहभागी भएका थिए । सो अवसरमा तारकेश्वर नगरपालिका हिसानका अध्यक्ष लिल बहादुर पुन, तारकेश्वर प्याव्सनका अध्यक्ष धनबहादुर पुन, अपेन तारकेश्वरका अध्यक्ष रेखा शाही हमाल लगायत जनप्रतिनिधि, विद्यालयका शिक्षक, शिक्षीका र सर्वसाधारण सहितको सहभागीता रहेको थियो ।

No description available.

No description available.

No description available.

fgfg

प्रतिक्रिया दिनुहोस्

Array