स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं,  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमद्वारा जारी विज्ञप्तिमा अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको उल्लेख छ । सहसचिव गौतमले पाँच सदस्यीय वार्ता समिति गठन गरिएको बताउनुभयो । समितिले आन्दोलनरत नेपाल चिकित्सक सङ्घलाई वार्तामा बोलाएको छ । डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा

बन्द गरेका छन् ।

चिकित्सकहरूले सुरक्षाको माग गर्दै आज अस्पताल र स्वास्थ्य संस्थाहरू ठप्प पारेका हुन् । यही भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै थापा र बिडारीमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई गत बिहीबार पक्राउ गरेको थियो ।

Gorkhapatra

प्रतिक्रिया दिनुहोस्

Array