स्वामी रामदेव र आचार्य बालकृष्णको उपस्थीतिमा भोली दिल्लीमा भव्य तिज महोत्सब हुंदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ भाद्र २०८०, आईतवार
3 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालीका तिजको अवसरमा भारतको नयाँ दिल्लीमा विश्वकै सवै भन्दा ठुलो तिज महोत्सब हुने भएको छ ।
हाम्रो स्वाभिमान ट्रस्ट पतञ्जली योगपीठ हरिद्वारको आयोजनामा भोली सोमबार(सेप्टेम्बर १८ ) भारतको नयाँ दिल्ली स्थीत इन्दिरा गान्धी इन्डोर स्टेडियम आई टी ओ मा महोत्सब हुने छ । तिज महोत्सबमा भारतका योगऋषि स्वामी रामदेव, तथा आचार्य बालकृष्ण महाराजको उपस्थीति रहने छ भने कार्यक्रममा इन्डीया टिभिका अध्यक्ष एवं प्रधान सम्पादक रजत शर्मा, इन्डीया टिभिका सिइओ रितु धवन को समेत सम्बोधन रहने हाम्रो स्वाभिमान ट्रस्ट पतञ्जली योगपीठ हरिद्वारका साँस्कृतिक सचिब घनश्याम शर्माले जानकारी दिनुभयो ।
तिज महोत्सब कार्यक्रमका लागि नेपालका ख्यातीप्राप्त कलाकार प्रकाश सपुत र सिन्धु मल्ल तथा भारतको आसाम गुआटीबाट सुरेका क्षेत्रीको उपस्थीतिमा तिज विशेष प्रस्तुती रहने छ । २५ हजार मानिस अटने क्षमता रहेको दिल्लीकै सबै भन्दा ठुलो इन्दिरा गान्धी इन्डोर स्टेडियम आई टी ओ मा हुने कार्यक्रमको प्रवेश निःशुल्क रहेको ट्रष्टका साँस्कृतिक सचिब शर्माले बताउनुभयो । कार्यक्रममा ३० हजार भन्दा बढीको सहभागीता रहने आयोजकले अनुमान गरेको छ ।

May be an image of 11 people and text
तिज महोत्सबको अवसरमा संस्थाले प्रत्यक बर्ष प्रदान गर्र्नेे हाम्रो गौरब पुरस्कार यस बर्ष बिभिन्न क्षेत्रमा विशेष योग्दान दिनुहुने ९ जना व्यक्तित्वहरुलाई प्रदान गरिने भएको छ । जस अनुसार स्वतन्त्र सेनानी, राजनीतिज्ञ स्व दलबीर सिंह लोहार, शिक्षाविद, सिक्कीम विश्वविद्यालयका संस्थापक प्रो डा महेन्द्र पि. लामा, त्रिपुरा विश्वविद्यालयका कुलपति, मानव संसाधन व्यवस्थापन विज्ञ प्रो. डा गंगा प्रसाद प्रसाई, विश्वविख्यात संगितकार रंजीत गजमेर, फिल्म अभिनेत्री बिपना थापा, बरिष्ठ प्रशासन अधिकारी एवं समाज सेवक डि.वि क्षेत्री, बाओ मोमोका संस्थापक बिनोद हुमागाई, जैन गुरु मणिभद्र मुनी जी महाराज, भारतका राष्ट्रपतिद्धारा बी.एस.एम र बी.ए.आरु पदक प्राप्त गर्नुभएका एन्टी एरक्राफ्ट अपहरण गर्ने अपरेशन कमाण्डर ब्रिगेडीयन सीबि थापालाई प्रदान गरिंदै छ ।
कार्यक्रम बारेमा जानकारी दिन दिल्लीको प्रेस क्लब अफ इन्डीयामा पत्रकार सम्मेलन गदै हाम्रो स्वाभीमान ट्रष्टका मुख्य कार्यक्रम संयोजक, योगगुरु मोहन कार्कीले भारतमा बसोबास गर्ने नेपाली समाजलाई संगठीत बनाउने अभियानको रुपम सन २०१३ देखि तिज महोत्सबको सुरुवात गरिएको बताउनुभयो ।

May be an image of 5 people and text that says 'साझर स्वाभिमान योगत्षि परमपूज्य स्वामी रामदेवजी महाराज एवं आयु्वेद शिरोमणि परम श्रद्धेय आचार्य बालकृष्णजी महाराजको पावन सानिध्यमाअन्तराष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको बेजोड प्रस्तुतिको साथ हाम्रो स्वाभिमान न्यास पतंजलि हरिद्दार प्रस्तुत गर्दछ हरितालिका तीज महोत्सव, 2023 प्रवेश 18 सितम्बर, 2023 नि:शुल्क 12 बजे देखि 7 बजे सम्म स्थान इंदिरा गांधी इंडोर स्टेडियम आईटीओ, नयॉ दिल्ली हजुरहरूलाई स-परिवार हार्दिक निमन्रणा गर्दछों| प्रकाश सपूत सुरेखा छेत्री सिन्धु मल्ल अन्तराष्ट्रिय स्व्यातिप्राप्त अन्तराष्ट्रिय खव्यातिप्राप्त अन्तराष्ट्रय ख्यातिप्राप्त गायक गायिका गायिका अधिक जानकारीको लागि संपर्क गर्नुहोस: +91-9810441327, 9871834311, 9871862903, 9910164008, 9910539200'
कार्कीले नेपाली समाजलाई जोडेर राख्नका लागि हरितालीका तिज पर्वको उत्सबलाई राष्ट्रिय स्तरमा मात्र नभई विश्वव्यापी स्तरमा जाने र दुनियाँकै सवै भन्दा ठुलो उत्सब बनाउने र बिस्तारै हरेक राज्यहरुमा बिस्तार गरिने बताउनुभयो ।
कार्कीले भन्नुभयो “भारतमा बस्ने धेरै नेपालीहरुले आफनो नेपाली भाषा बोल्न नसक्ने अवस्था, नेपाली होइन, हामी गोर्खाली भन्न थालेको अवस्था, कयौ नेपालीले आफ्नो थर बदलेर बसेको अवस्था देखेपछि आयुर्वेद शिरोमणी रामदेव र रामदेवको मार्गर्दशनमा हामीले सन. २०१३ देखि यो अभियान सुरु गरेको हौं, यो नेपाली समाजलाई संगठीत बनाउने अभियानको रुपमा अगाडी बढाएको छ । नेपाली भाषी समाज संगठनीक समाज छ, एतिहाँसीक योगदानको हिसाबले, लिगेसीको हिसाबले समृद्धशाली छ भन्ने सन्देश सर्व समाजलाई दिनका लागि हामीले कार्यक्रम गदै आइरहेका छौं”
उहाँले भन्नुभयो “भारतमा मनाइने बिभिन्न मुख्य पर्वहरुमा सरकारी छुट्टी हुन्छ, हरितालिका तिजमा पनि नेपाली समाजको मुख्य पर्वको रुपमा सवै राज्यहरुमा छुट्टी पाउने वातावरण बनोस भन्नका लागि मोमेन्टम क्रेट गर्नका लागि हामीले पत्रकार सम्मेलन आयोजना गरिएको हो”

प्रतिक्रिया दिनुहोस्

Array