बङ्गलादेशको Defence Service Command and Staff College (DSCSC) का शिक्षार्थीहरुद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज भ्रमण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । बङ्गलादेशको Defence Service Command and Staff College (DSCSC) का शिक्षार्थीहरुद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज भ्रमण ,  बङ्गलादेशको मिरपुरस्थित Defence Services Command and Staff College मा सञ्चालित Defence Services Command and Staff Course (DSCSC)-2023 मा सहभागी शिक्षार्थीहरूले  शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् ।   उक्त कलेजका Senior Instructor Col. Mohammad Zahid Hossain, PSC को नेतृत्वमा नेपालको ७ दिने अध्ययन भ्रमणका लागि मिति २०८० भाद्र ३० गते नेपाल आएको ३२ सदस्यीय भ्रमणदलले काठमाडौं उपत्यका एवं पोखराको भ्रमण गर्नेछ । विभिन्न मित्रराष्ट्रहरुमा सञ्चालित यस किसिमको तालिममा सहभागी शिक्षार्थीहरूले विभिन्‍न मुलुकहरूको भ्रमण गर्ने प्रचलन रही आएको छ । यस किसिमको अध्ययन भ्रमणबाट सामूहिक चासोका विषयमा ज्ञान र अनुभवको आदानप्रदान एवं सम्बध्द मुलुकहरूसँगको सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array