एन्जल्स हार्ट नेश्नल स्कुल र एन्जल्स किड्स मन्टेश्वरीको आयोजनामा प्रतियोगितात्मक लोक नृत्य उत्सब सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ आश्विन २०८०, सोमबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नेपाली हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अवसरमा तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत एन्जल्स हार्ट नेश्नल स्कुल र एन्जल्स किड्स मन्टेश्वरीको आयोजनामा प्रतियोगितात्मक लोक नृत्य उत्सब २०८० सम्पन्न भएको छ ।
एन्जल्स हार्ट नेश्नल स्कुलमा आयोजना गरिएको लोक नृत्य उत्सबमा १० वटा विद्यालयहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा सहभागी १० स्कुल मध्य पहिलो, दोश्रो र तेश्रो रनर अपमा तिन तिन वटा स्कुल र एक स्कुललाई बिजयी घोषणा गरिएको थियो ।
लोक नृत्य उत्सब २०८० मा प्रतियोगिता बिजयी स्वेत सदन स्कुल बनेको छ । त्यस्तै प्रतियोगिताको पहिलो रनरअप बिजेत ३ स्कुलहरुमा एन्जल्स हार्ट स्कुल, तेजस्वी एकेडेमी र नेस्नल व्लोमिङ स्कुल रहेका छन् ।
त्यस्तै दोश्रो रनरअप भक्ती इन्टरनेश्नल एकेडेमी, त्रिरत्न आवासीय विद्यालय र निम्बल्स बोडीङ स्कुल रहेका छन् ।
त्यसतै तेश्रो रनरअप एन्जल्स हार्ट नेश्नल स्कुल, न्यु क्रियशल स्कुल र नेपालय स्कुल रहेका छन् ।
प्रतियोगितामा बिजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका संसद शैलेन्द्रमान बज्राचार्य, एन्जल्स हार्ट नेश्नल स्कुल तथा एन्जल्स किड्स मन्टेश्वरकी का अध्यक्ष एवं हिसान तारकेश्वरका अध्यक्ष लिलबहादुर पुन, एन्जल्स हार्ट स्कुलका प्रिन्सीपल तथा प्याव्सन तारकेश्वरका अध्यक्ष धन बहादुर पुन, तेजस्वी एकेडेमीका प्रिन्सीपल थिर बहादुर बस्नेत सहितका अतिथिहरुले प्रमाणपत्र र ट्रफि प्रदान गर्नुभयो ।
प्रतियोगितात्मक लोक नृत्य उत्सब २०८० का जज बर्षा बराम र दिपक रमण सिंह रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै बाग्मती प्रदेशका संसद शैलेन्द्र मान बज्राचार्यले तिज मनाउने नाममा बिकृति बढदै गइरहेको बताँउदै विद्यालय स्तरबाट भइरहेका यस्ता प्रतियोगिता र उत्सबले तिजको बिकृति रोक्नका लागि सहयोग पुग्ने बताउनुभयो ।
सांसद बज्राचार्यले प्रतियोगितामा जित र हार भन्दा पनि मौलीक संस्कृति जोगाउन सहभागी हुन पाउनुनै ठुलो कुरा रहेको बताउनुभयो ।

May be an image of 1 person, dais and text

एन्जल्स हार्ट नेश्नल स्कुलका अध्यक्ष एवं हिसान तारकेश्वरका अध्यक्ष लिल बहादुर पुनले नेपाल र नेपालीको पहिचानलाई विश्व सामु चिनाउनका लागि नेपाली कला, संस्कृति र संस्कारलाई बचाई राख्नुपर्ने बताउनुभयो ।
अध्यक्ष पुनले नेपाललाई प्रविधि, शिप र संस्कृतिसंग जोडेर विश्वकै उत्कृष्ट शैक्षिक हब बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एन्जल्स हार्ट नेश्नल स्कुल तथा एन्जल्स किड्स मन्टेश्वरीका प्रधानाध्यापक टक बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अपेन तारकेश्वरका अध्यक्ष एवं एन्जल्स हार्ट नेश्नल स्कुलकी एकेडेमीक डाइरेक्टर रेखा शाही हमाल, तेजस्वी एकेडेमीका प्रिन्सीपल थिर बहादुर बस्नेत, नेश्नल व्लोम स्कुलका प्रिन्सीपल जगत शेखर ढकाल, स्वेत सदनका प्रिन्सीपल भुपेन्द्र न्यौपाने, एन्जल्स हार्ट नेश्नल स्कुल तथा एन्जल्स किड्स मन्टेश्वरीका एकाउन्टेन्ट शर्मीला गिरी तथा खरिद प्रबन्धक सृजना बस्नेत सहितको उपस्थीति रहेको थियो ।

May be an image of one or more people and people studying

May be an image of one or more people and dais

May be an image of 1 person, smiling and table

May be an image of 7 people and people dancing

May be an image of 7 people, people dancing and textMay be an image of 13 people, people dancing and text

May be an image of 11 people, people smiling and text

May be an image of 14 people and text

May be an image of 11 people and text

May be an image of 13 people and people dancing

May be an image of 12 people and text

May be an image of 14 people, people dancing and violin

May be an image of 14 people and text

May be an image of 14 people and people dancing

May be an image of 8 people, people smiling and text

 

May be an image of 7 people, people dancing and text

dfdf

प्रतिक्रिया दिनुहोस्

Array