शिक्षा दिवसको अवसरमा तारकेश्वर नगरपालिकाद्धारा शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ आश्विन २०८०, मंगलवार
11 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । शिक्षा दिवसको अवसरमा तारकेश्वर नगरपालिकाले शिक्षक, विद्यार्थी र विद्यालयहरुलाई सम्मान गरेको छ ।
तारकेश्वरलाई शिक्षाको हब बनाउने नगरप्रमुख कृष्ण हरि महर्जनको लक्ष्य सहित शिक्षा क्षेत्रमा झण्डै ९ करोड बजेट बिनियोजन गरेको तारकेश्वर नगरपालिकाले शिक्षा दिवसको अवसर पारेर माध्यामिक शिक्षा परिक्षा २०७९ र आधारभुत शिक्षा परिक्षा २०७९ मा तारकेश्वर नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, शिक्षक र विद्यालयलाई नगरपालिकाले सम्मान गरेको हो ।
तारकेश्वर नगरपालिकाको वडा नं ६ स्थीत ग्रामसेवा मा.विमा आयोजना गरिएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले माध्यामिक शिक्षा परिक्षा २०७९ मा सामुदायिक विद्यालय तर्फ प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीलाई जनही क्रमस ७ हजार, ६ हजार र ५ हजार नगद र प्रमाणपत्र सहित सम्मान गर्नुभयो भने संस्थागत विद्यालय तर्फ जिपिए ४ ल्याउने ४ जना विद्यार्थीलाई जनही ७ हजारको दरले नगद र प्रमाणपत्र सहित सम्मान गर्नुभयो ।
त्यस्तै आधारभुत शिक्षा परिक्षा २०७९ मा सामुदायिक तथा संस्थागत विद्यालयहरु तर्फ प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीलाई जनही ७ हजार, ६ हजार र ५ हजार नगद र प्रमाणपत्र सहित सम्मान गर्नुभयो ।
त्यस्तै तारकेश्वर नगरपालिकाको शिक्षा शाखाको आयोजनामा भदौं २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित बक्तीत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसील गर्न सफल मिलन धर्मस्थली विद्यालयमा कक्षा ८ मा अध्यनरत छात्रा कृष्टिना सिम्खडा, द्धितिय स्थान हाँसील गर्न सफल काभ्रेस्थली माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत छात्र सविन सुवेदी, तृतिय स्थान हाँसील गर्न सफल सनफ्लावर एकेडेमीमा कक्षा ९ मा अध्यनरत छात्रा दिना गोदार र शान्त्वना पुरस्कार बिजेता युरेका हाइ स्कुलमा कक्षा १० मा अध्यनरत छात्रा पुर्णिमा घिमिरेलाई जनही क्रमश रु ५ हजार, ४ हजार, ३ हजार र दुई हजार सहित प्रमाणपत्र, शिल्ड र मेडल सहित पुरस्कृति गरियो ।

May be an image of 4 people, dais and text
कार्यक्रममा बोल्नुहुंदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले शिक्षामा परिवर्तन आएमा मात्र तारकेश्वर नगरपालिका समृद्ध बन्ने बताँउदै तारकेश्वरको समृद्धिका लागि नगरपालिकाले शिक्षामा लगानी बढाएको बताउनुभयो ।
तारकेश्वर नगरपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफिल अनुरुप समुदायिक विद्यालयहरुमा राम्रो नतिजा आउन थालेको बताँउदै शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि सामुदायिक विद्यालयलाई नगरपालिकाले हर प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो ।
नगरप्रमुख महर्जनले शिक्षा दिवसको अवसरमा सबैलाई सुभकामना दिनुहुंदै शिक्षा दिवसको अवसरमा पुरस्कृत हुने विद्यार्थी, शिक्षक र विद्यालयलाई बधाई दिनुभयो ।

May be an image of 4 people, flute, temple and text
कार्यक्रममा तारकेश्वर नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख एवं तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले शिक्षा दिवस मनाई रहंदा देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिनु दुख रहेको बताँउदै बिरोधका नाममा विद्यालय बन्द गर्ने कार्यक्रमको मोडालीटी परिवर्तन गर्नका लागि शिक्षक महासंघलाई आग्रह गर्नुभयो ।

May be an image of 5 people, dais and text
तारकेश्वर नगरपालिकाका शिक्षा समितिका सदस्य एवं तारकेश्वर प्याव्सनका अध्यक्ष धन बहादुर पुनले तारकेश्वर नगरपालिकालाई शिक्षाको हब बनाउनका लागि नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयलाई समान हिसाबले व्यवहार गर्नुपर्ने बताउनुभयो ।
श्री विराट सनातन धर्म संस्कृत विद्यापीठ्म गुरुकुलम्मा अध्ययनरत विद्यार्थीहरुबाट स्वस्तिक वाचन सहित सुरु भएको कार्यक्रमलाई शिक्षा शाखाका प्रमुख पदम बहादुर खत्रीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, वडा नं १ का अध्यक्ष विदुर सापकोटा, तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगी, वडा नं ४ का अध्यक्ष नरेन्द्र दास श्रेष्ठ, वडा नं १० का अध्यक्ष कुमार राई, कार्यपालीका सदस्य अञ्जु बस्नेत, शिक्षा शाखाका अधिकृत शन्तोष न्यौपाने, बासु तिमिल्सीना सहित बिभिन्न विद्यालयका प्रधानाध्यापकहरु, स्काउटका विद्यार्थीहरु, शिक्षक, सुरक्षाकर्मी लगायतको उपस्थीति रहेको थियो ।

यि हुन नगरपालिकाबाट सम्मानीत हुने शिक्षक, विद्यार्थी र विद्यालय

आधारभूत शिक्षा परीक्षा (कक्षा८)२०७९ मा संस्थागत विद्यालय तर्फ उत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण १.      हिम रश्मि हाई स्कुल बाट ३.८१ GPA  सहित तृतीय स्थान हासिल गर्ने छात्र दिवान घिमिरे

२.      कौशल ई.बो. स्कुल बाट ३.८४ GPA  सहित द्धितीय स्थान हासिल गर्ने छात्र प्रविन रिमाल

३.      मिलन धर्मस्थली स्कुल बाट ३.८५ GPA  सहित प्रथम स्थान हासिल गर्ने  छात्रा रचना डंगोल

आधारभूत शिक्षा परीक्षा(कक्षा८)२०७९ मा सामुदायिक विद्यालय तर्फ उत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण १.पृथ्वीनारायण मा.वि. बाट ३.७ GPA  सहित तृतीय स्थान हासिल गर्ने छात्रा चन्द्रमा पौडेल

२.काभ्रेस्थली मा.वि. बाट ३.७ GPA  सहित तृतीय स्थान हासिल गर्ने छात्रा आस्था रिजाल

३.पृथ्वीनारायण मा.वि. बाट ३.८ GPA  सहित द्धितीय स्थान हासिल गर्ने छात्रा युनिका अधिकारी

४. कालीदेवी मा.वि. बाट ३.८५ GPA  सहित प्रथम स्थान हासिल गर्ने छात्र दिपेन्द्र आचार्य

 

आधारभूत शिक्षा परीक्षा (कक्षा८)  २०७९मा सामुदायिक विद्यालय तर्फ उत्कृष्ट औषत GPA प्राप्त गर्ने विषयगत शिक्षकहरुलाई प्रमाण पत्र वितरण १.      पृथ्वीनारायण मा.वि. बाट २.८ A.GPA सहित अंग्रेजी विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक श्री भिम प्रसाद दाहल

२.      पृथ्वीनारायण मा.वि. बाट ३.०५ A.GPA सहित नेपाली विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक श्री मिरा कोइराला र श्री सानुमैया दाहाल

३.      पृथ्वीनारायण मा.वि. बाट ३.०४ A.GPA सहित गणित विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक श्री खेमराज खरेल र श्री सानुकाजी महर्जन

४.      पृथ्वीनारायण मा.वि. बाट ३.३० A.GPA सहित विज्ञान विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक श्री सुशील पौडेल

५.      पृथ्वीनारायण मा.वि. बाट २.६० A.GPA सहित सामाजिक विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक श्री काजिराम बञ्जरा र श्री बासुदेव धिताल

६.      पृथ्वीनारायण मा.वि. बाट ३.१६ A.GPA सहित स्वा.ज.वा. विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक श्री खिम बहादुर तामाङ

आधारभूत शिक्षा परीक्षा (कक्षा८) २०७९मा संस्थागत विद्यालय तर्फ उत्कृष्ट औषत GPA प्राप्त गर्ने विद्यालयलाई प्रमाण पत्र वितरण जम्मा परीक्षामा सहभागि विद्यार्थी संख्या २२८२ , विद्यालय संख्या ७२, औषत विद्यार्थी संख्या ३१.६९ = ३२

१.      ३.१३ AVG GPA सहित मिलन धर्मस्थली स्कुल तृतीय स्थान

२.      ३.१४ AVG GPA सहित सनफ्लावर एकेडेमी द्धितीय स्थान

३.      ३.१६ AVG GPA सहित हिम रश्मि हाई  स्कुल प्रथम स्थान

४.      ३.२२ AVG GPA सहित माउन्ट लार्के से.स्कुल उत्कृष्ट स्थान(औषत विद्यार्थी संख्या भन्दा कम)

आधारभूत शिक्षा परीक्षा(कक्षा८)२०७९ मा सामुदायिक विद्यालय तर्फ उत्कृष्ट औषत GPA प्राप्त गर्ने विद्यालयलाई प्रमाण पत्र वितरण जम्मा परीक्षामा सहभागि विद्यार्थी संख्या २२८२ , विद्यालय संख्या ७२, औषत विद्यार्थी संख्या ३१.६९ = ३२

१.      २.७२ AVG GPA सहित फुटुङ् मा.वि.  तृतीय स्थान

२. २.८० AVG GPA सहित कालीदेवी मा.वि. द्धितीय स्थान

३. ३.२५ AVG GPA सहित पृथ्वीनारायण मा.वि. प्रथम स्थान

४. २.९४ AVG GPA सहित कुञ्चिप्वाकल मा.वि. उत्कृष्ट स्थान(औषत विद्यार्थी संख्या भन्दा कम)

माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) २०७९ मा ४ GPA प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण १.      ४ GPA प्राप्त  गर्ने नर्थ प्वाइन्ट एकेडेमीका छात्र जेसन गौतम

२.      ४ GPA प्राप्त  गर्ने हिम रश्मी हाई स्कुलका छात्रा रश्मि पोखरेल

३.      ४ GPA प्राप्त  गर्ने हिम रश्मी हाई स्कुलका छात्रा साहारा लोहनी

४.      ४ GPA प्राप्त  गर्ने एञ्जल्स् हार्ट मा.वि.का छात्रा  निश्चल के.सी.

माध्यमिक शिक्षा परीक्षा (कक्षा १०)  २०७९ मा सामुदायिक विद्यालय तर्फ उत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण १.काभ्रेस्थली मा.वि. बाट ३.९ GPA सहित तृतीय स्थान हासिल गर्ने छात्र प्रशान्त भट्टराई

२. पृथ्वीनारायण मा.वि. बाट ३.९ GPA सहित तृतीय स्थान हासिल गर्ने  छात्रा रितिका अर्याल

३. नेपाल राष्ट्रिय मा.वि. बाट ३.९ GPA सहित तृतीय स्थान हासिल गर्ने छात्र विशाल नेपाल

४. जितपुर मा.वि. बाट ३.९२ GPA सहित द्धितीय स्थान हासिल गर्ने  छात्र किरण घिमिरे

५. पृथ्वीनारायण मा.वि. बाट ३.९५ GPA सहित प्रथम स्थान हासिल गर्ने छात्रा शिला नेपाल

२३ माध्यमिक शिक्षा परीक्षा (कक्षा १०)   २०७९ मा सामुदायिक विद्यालय तर्फ उत्कृष्ट औषत GPA प्राप्त गर्ने विषयगत शिक्षकहरुलाई प्रमाण पत्र वितरण १. पृथ्वीनारायण मा.वि. बाट ३.४४ A.GPA सहित अंग्रेजी विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक श्री तेजेन्द्र पाण्डे

२. पृथ्वीनारायण मा.वि. बाट ३.२७ A.GPA सहित नेपाली विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक श्री शिवराम चालिसे

३. पृथ्वीनारायण मा.वि. बाट ३.१२ A.GPA सहित गणित विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक श्री नारायण प्रसाद शर्मा

४. पृथ्वीनारायण मा.वि. बाट ३.१५ A.GPA सहित विज्ञान विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक श्री योगेन्द्र  प्रसाद वसौला

५. कालीदेवी मा.वि. बाट ३.०८ A.GPA सहित सामाजिक विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक श्री कविराज श्रेष्ठ

६.पृथ्वीनारायण मा.वि. बाट ३.५२ A.GPA सहित स्वा.ज.वा. विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक श्री यमुना प्रसाद धिताल

माध्यमिक शिक्षा परीक्षा (कक्षा १०)    २०७९ मा संस्थागत विद्यालय तर्फ उत्कृष्ट औषत GPA प्राप्त गर्ने विद्यालयलाई प्रमाण पत्र वितरण जम्मा परीक्षामा सहभागि विद्यार्थी संख्या २००३ , विद्यालय संख्या ६७, औषत विद्यार्थी संख्या २९.८९ = ३०

१.      ३.४५ AVG GPA सहित एञ्जल्स् हार्ट मा.वि. तृतीय स्थान

२.      ३.४५ AVG GPA सहित सन्फ्लावर एकेडेमी तृतीय स्थान

३. ३.४७ AVG GPA सहित कौशल ई.बो. स्कुल द्धितीय स्थान

४. ३.५५ AVG GPA सहित हिम रश्मि हाई  स्कुल प्रथम स्थान

५. ३.६६ AVG GPA सहित तेजश्वी एकेडेमी उत्कृष्ट स्थान(औषत विद्यार्थी संख्या भन्दा कम)

माध्यमिक शिक्षा परीक्षा (कक्षा १०)     २०७९ मा सामुदायिक विद्यालय तर्फ उत्कृष्ट औषत GPA प्राप्त गर्ने  विद्यालयलाई प्रमाण पत्र वितरण जम्मा परीक्षामा सहभागि विद्यार्थी संख्या २००३ , विद्यालय संख्या ६७, औषत विद्यार्थी संख्या २९.८९ = ३०

१. २.८९ AVG GPA सहित जितपुर मा.वि. तृतीय स्थान

२. २.९७ AVG GPA सहित कालीदेवी मा.वि. द्धितीय स्थान

३. ३.२७ AVG GPA सहित पृथ्वीनारायण मा.वि. प्रथम स्थान

४. ३.२८ AVG GPA सहित कुञ्चिप्वाकल मा.वि उत्कृष्ट स्थान(औषत विद्यार्थी संख्या भन्दा कम)

 

MBBS उत्तीर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण १. पृथ्वीनारायण मा.वि. बाट सुलोक्षणा लामिछाने

२. पृथ्वीनारायण मा.वि. बाट प्रथम दाहाल

 

fgg

May be an image of 4 people, dais and text that says 'पमुलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा शिक्षा दिवसको अवसरमा रस्कार वितरण का D प्रमाण-पत्र'

May be an image of 7 people, dais and text

May be an image of 7 people, dais and text

May be an image of 5 people, dais and text

May be an image of 5 people, temple, dais and text

May be an image of 5 people, dais and text that says 'धमरयला काठमाडा बागमती प्रदेश नेपाल समावेशी र सिपमुलक शिक्षा: स्वदेशमे युवा राष्ट्रको इच्छा राष्ट्रिय शिक्षा दिवसको अवसरमा सम्मान तथा पुरर रण कार्यक्रम- मिति २०C० असोज जते स्थान माघ्यमिक विद्यालय धर्मंस्थली काठमाडी प्रमाण-पत्र'

May be an image of 5 people, dais and text

May be an image of 3 people, dais and text that says 'सेपमुलक शिक्षा: स्वदेशमे युवा राष्ट्रको इच्छा य शिक्षा दिवसको अवसरमा पुरस्कार वितरण क प्रमाण-पत्र'

May be an image of 6 people, dais and text

yyu

 

प्रतिक्रिया दिनुहोस्

Array