नेपाली काँग्रेस तारकेश्वर ८ का इकाई सचिब कुंवरको निधन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नेपाली काँग्रेस तारकेश्वर नगरपालिका वडा नं ८ का इकाई सचिब गोपाल कुंवरको निधन भएको छ ।
कुंवरको आज बिहान शैनिक अस्पताल छाउनीमा निधन भएको हो । कुंवर लामो समय देखि कलेजो रोग सम्बन्धी रोगको नियमीत उपचारमा हुनुुहुन्थ्यो । नेपाली काँग्रेसको राजनीति सहित सामाजीक काममा समेत सक्रिय रहंदै आउनु भएको कुंवरको निधनप्रति सर्वत्र दुख व्यक्त गरिएको छ ।
कुंवरको असामहिक निधन प्रति नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्यामकृष्ण सापकोटा, नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णुभक्त तिमिल्सीना, नेपाली काँग्रेस तारकेश्वर नगरकार्यसमितिका सभापति एवं तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, नेपाली काँग्रेस तारकेश्वर ८ का सभापति, एवं वडा अध्यक्ष श्यामकृष्ण सापकोटा र नेपाली काँग्रेस तारकेश्वर १० का सभापति एवं वडा अध्यक्ष कुमार राईले दुख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array