नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा ‘वीरजंङ्ग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता’ हुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ आश्विन २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासंघले वीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता गर्ने भएको छ । महासंघले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको हो । कार्यक्रम आगामी असोज १८ देखि २१ गतेसम्म काठमाडौंको नयाँबसपार्कस्थित् ढोरपाटन स्पोर्टर्स ट्रेनिङ्ग सेन्टरमा हुने बताइएको छ । वीरजंग नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य थिए ।
‘आजीवन क्रान्तिका लागि तत्पर रहनुहुने एक क्रान्तिकारी योद्धा वीरजंगको स्मृतिमा हामीले यो प्रतियोगिता आयोजना गर्न गइरहेका छौं,’– महासंघका महासचिव विनोद चन्दले भने । नयाँ प्रतिभाको खोजी एवं विकासमा जोड दिने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।
खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिताले खेलाडीहरुको बृिद्ध विकास गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन थप योगदान पुग्ने विश्वास महासंघले लिएको छ । उक्त प्रतियोगिताको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको बताइएको छ । प्रतियोगिता सफल बनाउन आ–आफ्नो ठाउँबाट साथ र सहयोगका लागि महासंघले आग्रह गरेको छ ।
कार्यक्रमका वक्ता अञ्जन साही ठकुरीले वीरजंग स्मृति पुरुष भलिबल प्रतियोगिता नेपालको सर्वाधिक धनराशीको प्रतियोगिता भएको बताए । भलिबलको विकासका लागि यो प्रतियोगिताले एउटा ईटा थप्ने उनले विश्वास व्यक्त गरे ।
महासंघका अध्यक्ष जयनन्द चन्दले खेलाडीको व्यक्तिगत जीवनमा पनि सहयोग पुगोस् भन्ने उद्धेश्यले पुरस्कार बढाएर राखेको बताए । प्रतियोगिताको प्रथम पुरस्कार पाँच लाख, द्धितीय पुरस्कार दुई लाख ५० हजार, तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको महासंघले जनाएको छ ।
साथै, उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट स्पाईकर, बलर, सेटर, सर्भर, डिफेन्डर र क्वीकरलाई जनही पाँच÷पाँच हजार पुरस्कारको व्यवस्था रहेको महासंघले जनाएको छ । उक्त प्रतियोगिताको जम्मा पुरस्कार राशी नौ लाख ५० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array