प्रथम तारकेश्वर मेयर कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न, नगरप्रमुखद्धारा बिजयी खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र प्रदान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ आश्विन २०८०, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । धर्मस्थली ब्याडमीन्टन एशोसिएसनको आयोजनामा भएको पहिलो तारकेश्वर मेयर कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
भदौ २८ गते देखि धर्मस्थलीमा आयोजना गरिएको प्रतियोगिता असोज ३ गते सम्पन्न भएको हो । एक हप्ता सम्म चलेको उक्त प्रतियोगिता दुई समुहमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा बि समुहमा ३९ र सि समुहमा ६४ गरि १०३ टिमले प्रतिष्पर्धा गरेका थिए । सि समुहबाट प्रथम टंक प्रसाद जुग्जाली र प्रवेश मगर, द्धितिय लोक लामा र कुमार बिक र तृतिय लक्ष्मण सुनार र प्रविण सुनार बिजेता बन्नु भएको छ ।

No description available.
त्यस्तै बि समुहबाट प्रथम डेविड थापामगर र बिजय चौधरी, द्धितिय ससिन डंगोल र सुमन शाक्य बिजेता बन्नुभएको छ ।
बिजेता खेलाडीहरुलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगद र प्रमाणपत्र सहित सम्मान गर्नुभयो ।
व्याडमिन्टन प्रतियोगिता समापन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जले शिक्षा र स्वास्थ्य जस्तै खेलकुदलाई पनि नगरपालिकाले प्राथमीकतामा राखेको बताँउदै नगरप्रमुख महर्जनले खेलकुदको विकासका निम्ती नगरपालिकाले १ करोड बजेट बिनियोजन गरेको बताउनुभयो ।
खेलकुदमा कुनै राजनैतिक रंग देख्न नहुने बताँउदै नगरप्रमुख महर्जनले आफ्नो कार्यकालमा तारकेश्वको खेलकुंदलाई अन्तराष्ट्रिय जगत सम्म पुर्याउन चाहेको बताउनुभयो ।
सफलता पुर्व पहिलो मेयर कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेकोमा आयोजकहरुलाई धन्यवात दिंदै नगरप्रमुख महर्जनले आगामी दिनमा पनि नगरपालिकाले कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
धर्मस्थली व्याडमिन्टन एशोसिएसनका अध्यक्ष बिजय श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ६ का वडा सदस्य रामचन्द्र घिमिरे, अष्टमान टोलका अध्यक्ष राजकुमार डंगोल लगायतको उपस्थीति रहेको थियो ।
भदौ २८ गते सुरु भएको प्रतियोगिताको तारकेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठले कार्यक्रम उदघाटन गर्नुभएको थियो ।
तारकेश्वर नगरपालिकाको खेलकुदंको विकासमा अहोरात्र लागि रहनु भएका नगरप्रमुख कृष्ण हरि महर्जन उमाकुम्फुका खेलाडी समेत हुनुहुन्छ । नगरप्रमुख महर्जन निर्वाचीत भएर आएसंगै नगरपालिकाले गत बर्ष पहिलो मेयरकप प्रतियोगिता आयोजना गरेको थियो । त्यस्तै गत बर्ष पहिलो पटक राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी भएको तारकेश्वर नगरपालिकाले काठमाण्डौं जिल्लामा दोश्रो बन्दै मेडेल र प्रमाणपत्र समेत जितेको थियो ।

No description available.

fgg

No description available.

No description available.

No description available.

No description available.

No description available.

yjyu

प्रतिक्रिया दिनुहोस्

Array