शिवपुरीको श्री जनज्ञान निकेतन मा.वि को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सिटौला सर्बसम्मत चयन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थानापति स्थीत श्री जनज्ञान निकेतन मा.विको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा युवा व्यवसायी, समाजसेवी हरि प्रसाद सिटौला सर्बसम्मत चयन हुनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य डुण्डुकुमारी थपलियाको सभापतित्वमा आज बसेको बैठकले सर्वसम्मत रुपमा सिटौलालाई अध्यक्षमा चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिको सदस्य सचिव विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद लामिछाने तथा सदस्यहरुमा श्रीराम पाठक, राजेन्द्र श्रेष्ठ, कल्पना श्रेष्ठ, सुनिता पाण्डे, अक्कल तमाङ, अजय पाठक लगायत को उपस्थीति रहेको थियो ।
व्यवस्थापन समितिको अध्यक्षमा छनौट हुनुभएका सिटौला आवद्ध नुवाकोट विकास संस्थाले जनज्ञान मा.विमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लामो समय देखि छात्रबृत्ति स्वरुप मासिक रुपमा आर्थिक सहयोग गदै आइरहेको छ ।

No photo description available.
बिगत लामो समय देखि जनज्ञानमा विद्यालय व्यवस्थापन समिति गठन हुन नसकिरहेको अवस्थामा गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलिया, उपाध्यक्ष बिर बहादुर तामाङ तथा वडा नं ८ थानापतिका अध्यक्ष केशव रिजाल, विद्यालयका प्रधानाध्यापक र विद्यालयको अथक प्रयास पछि व्यवस्थापन समितिले पुर्णता पाएको हो ।

No description available.

fg

No photo description available.

df

प्रतिक्रिया दिनुहोस्

Array