नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.मिश्र विद्याभुषण ‘क’ बाट सम्मानित हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं ।  नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.मिश्र विद्याभुषण ‘क’ बाट सम्मानित हुने डाक्टर शैलेशकुमार मिश्र नेपाल सरकारले प्रदान गर्ने नेपाल विद्याभूषण ‘क’ २०८० बाट सम्मानित हुने भएका छन् । नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक मिश्र यस वर्ष विद्याभूषण ‘क’ बाट सम्मानित हुन लागेका हुन् । भारतको निम्स विश्वबिद्यालयबाट व्यबस्थापन बिषयमा विद्यावारिधि उपाधि हासिल गरे बापत उनले यो पदक प्राप्त गरेका हुन् । १९ बर्षदेखि नेपाल नेत्रज्योति संघसंग आवद्ध भई मिश्रले नेपालको आँखा स्वास्थ्य क्षेत्र र अन्धोपन निवारणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढि उपचार केन्द्र र ४४ जिल्ला शाखाहरु मार्फत आँखा उपचार सेवा प्रवाह गरिरहेको छ । नेपाल सरकारले हरेक वर्ष विद्यावारिधि उपाधि हासिल गरेकालाई यो पदक प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array