सरकारबाटै संविधानको उपहास : सुवेदी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ आश्विन २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं । नेपालको संविधान २०७२ नेपाल र नेपालीको हितमा नभएको ज्योतिषी दीपक सुवेदीले बताउनु भएको छ । देश दिनानुदिन अवनतितिर जानुको कारण संविधानको प्रतिकूल ग्रह भएको उहाँको भनाई छ । आठौं संविधान दिवसको सन्दर्भमा एउटा भिडियो मार्फत ज्यो. सुवेदीले सो कुरा बताउनु भएको हो । सुवेदीका अनुसार २०७२ साल असोज ३ गते संविधान जारी गर्ने समयमा शुभ ग्रहको योग नपरेको हुनाले यो संविधानबाट देश र जनताको सुनौलो भविष्यको अपेक्षा गर्नु मुर्खता हुनेछ ।
भिडियोमा जसले संविधान बनाएको हो उनीहरु बाटै यो संविधानको बर्खिलाप भइरहेको चर्चित ज्यो. दीपक सुवेदीको आरोप छ । साथै उहाले संविधान दिवस, गणतन्त्र दिवस महत्त्वपूर्ण दिवस नभएर अपराधीलाई उन्मुक्ति दिने दिन भएको समेत खरो अभिव्यक्ति दिनु भएको छ ।
नेताहरुले आफू प्रधानमन्त्री कहिले हुन्छु भनेर ज्योतिषीसँग सल्लाह लिने गरेको तर देश र जनताको भविष्यसँग गाँसिएको संविधान जारी गर्ने बेलामा अशुभ समय र प्रतिकूल ग्रहयोगमा संविधान जारी गरेर देश र जनताको भविष्यमाथि कुठाराघात गरेको ज्यो. दीपक गुरुको आरोप छ ।

संविधानमा नेपाली जनताको सल्लाह सुझाव नसमेटिएको बरु विदेशीले जस्तो लेख्ने निर्देशन दियो त्यसै संविधान लेखेको हुनाले यो संविधान विदेशीको लागि बनाइएको आरोप छ ज्यो. दीपक गुरुको ।
जसले यो संविधान बनाए उनीहरुबाटै संविधानको उल्लङ्घन भइरहेको सुवेदीको भनाइ छ । सुवेदीले अभिव्यक्तिको क्रममा राजा महेन्द्रको कार्यकाल नेपालको विकासमा स्वर्णीम युग भएको बताउनु भएको छ । साँच्चै नै नेपाल र नेपालीको हितमा संविधान बनाएका हुन्थे भने राजा महेन्द्रले गरेको विकासको कामको दश गुणा बढी गर्नसक्नु पथ्र्यो तर, विकास गर्नु त कहाँ हो कहाँ राजाले बनाइदिएका उद्योगधन्दा पनि बेच्ने र बन्द गराउने काम गरेको प्रति सुवेदीको कडा र तितो आक्रोश छ ।
नेताहरुलाई उल्टो उल्टो गर्ने मति संविधानको प्रतिकूल ग्रहले नै दिइरहेको र संविधानको ग्रहले ठूला नेताहरुको आयुमा समेत खतरा देखाएको कुरालाई सुशिल कोइराला, सुवास नेम्वाङ् लगायतको मृत्युको प्रसङ्गलाई कोट्याउँदै ज्यो. गुरु सुवेदीले संकेत गर्नु भएको छ । उहाँको भनाई भिडियोमा जस्ताको तस्तै हेर्न र सुन्नसक्नु हुन्छ । जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.भ्मधथह्गmडक्ल्य

प्रतिक्रिया दिनुहोस्

Array