लाजिम्पाटमा आतंक रोक्न अरुण चौधरीको नाममा काठमाण्डौं जिल्ला अदालतको आदेश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ आश्विन २०८०, बिहीबार
3 Min Read
Aa

काठमाण्डौं,लाजिम्पाटमा जारी रहेको डोजर आतंक रोक्न काठमाण्डौं जिल्ला अदालतले चौधरी ग्रुपको नाममा अन्तरिम आदेश दिएको छ । भदौ ११ मा जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिंदै काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाली कांग्रेसका स्वर्गीय नेता डिल्लीरमण रेग्मीकी छोरी अवन्तिका रेग्मीलाई असर गर्नेगरी निर्माण कार्य नगर्न आदेश दिएको हो ।

बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी तथा अधिवक्ताहरु अनन्तराज लुईंटेल, विकास भट्टराई, प्रतिभा उप्रेती, विशाल कुमार उपाध्याय र विशाल थापाले चौधरी ग्रुपले रेग्मी लगायतका छिमेकीहरुलाई आतंक मच्चाएर गरिएको आतंक रोक्न आग्रह गरेका थिए ।

रेग्मीले आफ्नो घरै भत्किने गरी छिमेकमा रहेको जग्गामा अरुण चौधरी र श्रीमति शिला चौधरीले डोजर आतंक मच्चाएको आरोप सहित रिट निवेदन दायर गर्दै तत्काल निर्माण कार्य रोक्न माग गरेकी थिइन ।

नेपाली कांग्रेसका पूर्व नेता तथा पूर्वमन्त्री डिल्लीरमण रेग्मीकी छोरी रेग्मीको निवेदनका आधारमा निर्माण कार्य तत्काल रोकी अन्तरिम आदेश दिनुनपर्ने कारण भए पेश गर्न चौधरीको नाममा भदौ ११ मा आदेश जारी भएको थियो । चौधरीको तर्फबाट बहस गरेका अधिवक्ताद्धय मदन कुमार डंगोल र प्रदिप कुमार श्रेष्ठले कुनैपनि व्यक्तिको निर्माण कार्य रोक्न अन्तरिम आदेश जारी हुन नसक्ने जिकिर गरेका थिए ।

आफ्नो शेषपछि मात्रै नेपाल सरकारको नाममा जाने जग्गा सरकारले हडपेको विरुद्ध सरकारसंग मुद्दा लडिरहेकी रेग्मीले पुनः छिमेकी अरुण चौधरीले सुरु गरेको निर्माण कार्यका विरुद्ध समेत अर्काे मुद्दा दायर गरेकी हुन ।

स्वर्गीय नेता डिल्लीरमण रेग्मीको नाममा दर्ता कायम रहेको लाजिम्पाटको साविक कि.नं. १३६ को ३–४–० जग्गा मालपोत कार्यालयको मिति २०७७÷०९÷१७ को निर्णयले कित्ताकाट गरी गैर कानुनी रुपमा आफू जिवित छँदै नामसारी गरिलगेविरुद्धका मुद्दा अदालतमा विचाराधिन छन् ।

सरकारले कित्ताकाट गरी कि नं. ६१ विपक्षी नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको नाममा गएउपर दायर मुद्दामा समेत सरकारका नाममा जग्गा रोक्का राख्ने आदेश भई मुद्दा विचाराधिन अवस्थामा छ भने कि.नं. ६२ मा बनेको घरमा रेग्मी आफैं बसोबास गरिरहेकी छिन् ।

आफ्नो उत्तरतर्फका सधियार चौधरी गु्रपको स्वामित्वको चौधरी प्रोपर्टीजको रुपमा रहेको अरुण चौधरीको परिवार बसिआएको घर कम्पाउण्डवाल भत्काउने, ठूला ठूला एस्काभेटर चलाएर आफ्नो घर हल्लाउने, ठूलो ठूलो आवाज उत्पन्न गराई रातभरी रातभरी हल्लाखल्ला गर्ने गरी आफ्नो जीउज्यानमाथि नै अतिक्रमण गरेको दावी सहित रेग्मीले निषेधाज्ञाको निवेदन दायर गरेकी हुन ।

सधिंयार अरुण चौधरीको श्रीमति शीला चौधरी तथा निजका कामदारहरुलाई आफ्नो घर हल्लाउने कार्य रोकिदिनुहोस्, मलाई असुरक्षित गर्ने काम नगर्नुहोस्, कम्पाउण्ड वाल विगत ३०,४० बर्षदेखि हामीहरुको सांधको रुपमा रहेको अवस्था छ, त्यसलाई तपाईंहरुले भत्काउंदा एक त सांधमा समस्या आउंछ र मेरो माटोको घर भत्किन सेक्ने भएकोले रोकीदिनुहोस् भनी पटकपटक दिनैपिच्छेजस्तो अनुरोध गरेकोमा आफनो अनुरोध अटेरी गरेकोले बाध्य भएर अदालतको शरणमा पुगेको पनि रेग्मीको निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array