प्राड विवाक जर्नल-२०८० विमोचन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं ।  जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा सम्माननीय प्रधान न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ र प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले प्राड विवाक जर्नल २०८० को संयुक्त रूपमा विमोचन गर्नुभयो ।  ​श्री सेना प्राड विवाक स्थापनाको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा योगदान दिनुहुने सैनिक विशेष अदालतका पूर्व अध्यक्ष तथा उच्च अदालत, पाटनका पूर्व कायममुकायम मुख्य न्यायाधीश श्री महेश प्रसाद पुडासैनी, सेना प्राड विवाकका पूर्व प्रमुखहरू प्राड उपरथी श्री विए कुमार शर्मा (अ.प्रा.) र प्राड उपरथी श्री होम कुमार लावती (अ.प्रा.) लाई सम्माननीय प्रधान न्यायाधीशले सम्मान-पत्र प्रदान गर्नु भयो भने प्रधान सेनापतिले दोसल्ला ओढाई सम्मान गर्नुभयो ।

 ​सेना प्राड विवाक, प्राड उपरथी श्री रत्‍न प्रकाश थापाको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा सर्वोच्च अदालतका माननीय न्यायाधीशहरू, लोकसेवा आयोगका माननीय अध्यक्ष, माननीय महान्यायाधिवक्ता, उच्च अदालतका माननीय मुख्य न्यायाधीश तथा पूर्व मुख्य न्यायाधीश, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, कानुन सचिव, बलाध्यक्ष, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक लगायत नेपाली सेनाका रथीवृन्द एवं अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 

 

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array