अर्थमन्त्री डा. प्रकाश शरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंकको वार्षिक बैठकमा सहभागी हुन इजिप्टको प्रस्थान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक [एआइआइबि]को वार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गर्नु भएको छ । उहाँले एआइआइबिको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउनु हुनेछ । उहाँको साथमा राजस्व सचिव डा। रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत सहभागी हुनुहुन्छ ।

बैठकमा दिगो सीमा पार विकासको लागि उत्तरदायी विश्वव्यापी शासन सुनिश्चितताका लागि लगानी जुटाउने, उदीयमान बजारहरूमा दिगो पूर्वाधारको लागि निजी इक्विटी जुटाउने, हरित र प्रविधि(सक्षम पूर्वाधारमा स्टार्ट-अपहरूको लागि भेन्चर क्यापिटल सोकेसको विकास गर्ने, जलवायु चुनौतीको सामना गर्न जलवायु वित्तका लागि स्रोतहरूको परिचालन गर्ने लगायतका विषयहरूमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array