तारकेश्वरमा आगामी आर्थिक बर्ष देखि स्थानीय आयोजना बैक व्यवस्थापन सूचना प्रणाली मार्फत योजना छनौट गरिने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ आश्विन २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं । स्थानीय तहमा स्थानीय आयोजना बैक व्यवस्थापन सूचना प्रणालीको विकास गरी आयोजना छनौट प्रणालीको विकास गर्ने उदेश्यले तारकेश्वर नगरपालिकाले असोज ४ गते अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
नगरप्रमुख कृष्ण हरि महर्जनको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा तारकेश्वर नगरपालिकाका विकास योजना आयोका उपाध्यक्ष डा. कृष्ण बहादुर घिमिरे, नगरपालिकाका सम्बन्धीत शाखाका प्रमुखहरु, ११ वटै वडाका अध्यक्ष तथा सचिबहरु र सहायक कम्प्युटर अपरेटर लगायत करिब ५० जनाको उपस्थीति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख कृष्ण हरि महर्जनले नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम निर्माण गर्दा यही प्रणालीको उपयोग गरिने र नगरपालिकाको बजेट तथा कार्यक्रमलाई सूचना प्रविधिको प्रयोगद्धारा पारदर्शी र व्यवस्थीत बनाइने बिषयलाई महत्व दिंदै यो प्रणाली उपयोगका लागि सबै वडा अध्यक्ष तथा कर्मचारीहरुलाई उत्साहका साथ इमान्दारिता पुर्वक ढंगबाट कार्य गर्न निर्देशन दिनुभयो ।
तारकेश्वर नगरविकास योजना आयोगका उपाध्यक्ष डा. कृष्ण बहादुर घिमिरेले स्थानीय स्तरको आयोजना बैक स्थापना तथा संचालनको आवश्यकता र औचित्यताको बारेमा प्रकाश पार्नुभएको थियो ।
नेपाल सरकारको आर्थिक कार्यविधि तथा बित्तिय उत्तरदायित्व ऐन २०७६, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ र नेपाल सरकारको आर्थिक बर्ष २०८०÷८१ को बजेट ले समेत आयोजना बैकको बारेमा स्पष्ट व्यवस्था गरेको छ । जस अनुसार स्थानीय तहका प्रत्यक वडाले कम्प्युटर सिस्टम मार्फत योजनाहरुको बैक बनाएर नगरपालिकामा पठाउने, नगरपालिकाले योजनाहरुलाई स्वीकृत गरेर प्रदेश नीति योजना आयोग र राष्ट्रिय योजना आयोगमा पठाउने छ । अर्थ मन्त्रालय र योजना आयोगले आगामी दिनमा योजना बनाँउदामा योजना बैक मार्फत सिफारीस भएर आएका योजनाहरुलाई मात्र प्राथमीकता दिन ऐन र नियमावलीले व्यवस्था गरेको छ । ऐन र नियमावलीले गरेको व्यवस्था अनुसार तारकेश्वर नगरपालिकाले पनि आगामी बर्ष देखि योजना बैक मार्फत योजना छनौट गर्ने तयारी गरेको छ ।

No description available.

No description available.

fgfg

प्रतिक्रिया दिनुहोस्

Array