भाष्कर श्रेष्ठको शब्द संगीत र एलिनाको आवाजले भरीएको धोकामा छ मन बजारमा  

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ आश्विन २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौँ । पछिल्लो समय धोकेवाज गायिकाको ट्याग पाएकि गायिक एलिना चौहानको फेरी अर्को धोकेवाज गीत सार्वजनिक भएको छ । धोकामा छ मन धोकेवाज मनमा हुक लाईन रहेको गीतमा एलिनाको सुमधुर आवाज सुन्न सकिन्छ भने शव्द संगीत भाष्कर श्रेष्ठको रहेको छ ।

करीयरको सुरवाती बिन्दुमा युगल गीत के माया लाग्छबाट धेरै चर्चा बटुलेकि गायिकाको बेलाबेलामा गीतहरुले सर्बाधीक चर्चा पाउने गरेको छ । केहि समय अघि धोकेवाज हौ तिमी भन्ने गीतमा युवा पस्ता धेरैनै आकर्सीत भएका थिए र फेसबुक र टिकटकमा यस्को प्रभाव धेरैनै परेको देख्न सकिन्छ । सबै स्वादको गीत गाउने र बच्चा द‍ेखी बृद्धा सम्मका फ्यान फ्लोवर्स बटुलेकि एलिनालाई थोरै बढि आधुनिक गीत त्यसमाथीपनि प्र‍ेम र बिछोडको गीतप्रति लगाब भएको देख्न सकिन्छ । हुनपनि प्रेम र बिछोडको गीतमा युवा पुस्ता झुमिने गरेको र सामाजिक संजालमा अधिकांस युवाहरुको पहुच भएकाले गर्दापनि यस्ता गीतलाई छिटै चर्चा बटुल्नमा सहज हुन्छ । धोकामा छ मन गीतमा विषेश भुमिका गायक प्रताप दासकोपनि रहेको छ ।

अहिलेको समयमा मेल भर्जन, फिमेल भर्जन जस्ता भर्जन अनुसार क्रमैसंग गीत आउने भएकाले यहि गीतको मेल भर्जन प्रतापको आवाजमा आउने हो कि भनेर अड्कल काट्न सकिन्छ । गीतको शब्दले प्रेममा बिछोड भएकाहरुको मन चस्स छुने गरेको कमेन्ट देख्न सकिन्छ । अधिकांशले तारीफ गरीएको गीतको संगीत साँच्चैनै धेरै राम्रो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array