एश्वर्यनगर सेवा समाजको सातौं साधारण सभाद्धारा देबराज गौलीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ आश्विन २०८०, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० स्थीत एश्वर्यनगर सेवा समाजको अध्यक्षमा देवराज गौली सर्वसम्मत चयन हुनुभएको छ ।
समाजको आज भएको सातौं बार्षिक साधारण सभाले दुई बर्षका लागि गौलीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समाजको उपाध्यक्षमा सीता कुमारी अधिकारी, सचिबमा बक्र बा लामा,सह सचिबमा पवनीता स्वत्रीय, कोषाध्यक्षमा टिकाराम अधिकारी, सदस्यहरुमा गोकर्णराज घिमिरे, हेमन्त लाल श्रेष्ठ, कामना श्रेष्ठ, बाबुरामा गौली, तारा भुसाल, भरत पोख्रेल, सम्झना सापकोटा र साबित्री चिलुवाल सर्वसम्मत चयन हुनुभएको छ । समाजको अन्य पद निर्विरोध भएपनि उपाध्यक्षमा गोलाबाट उपाध्यक्ष चुनिएको थियो । उपाध्यक्षमा सीता कुमारी अधिकारी र बिच गोला राखिएको थियो ।

No description available.
सर्वसम्मत चयन भएपनि अध्यक्ष देबराज गौलीले टोलको बिकासका लागि सवैसंग हातेमालो गरेर अगाडी बढने बताँउदै आफुलाई सर्वसम्मत अध्यक्षमा चनय गरेकोमा सम्पुर्ण टोलबासीहरुलाई धन्यवात दिनुभयो ।
समाजका निर्वातमा अध्यक्ष रामचन्द्र खनालले एश्वर्यनगर सेवा समाज तारकेश्वर नगरपालिकाकै एक नमुना टोल सुधार समिति रहेको बताँउदै यसको गरिमालाई नयाँ कार्यसमितिले अझै माथी लैजाने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array