नेपाली कला,संस्कृतिलाई विश्वसामु चिनाउन भारतमा भयो अहिले सम्मकै ठुलो हरितालिका तिज कार्यक्रम

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ आश्विन २०८०, आईतवार
5 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउनका लागि हिन्दु नारीहरुको महान पर्व हरितालीका तिजको अवसरमा भारतको नयाँ दिल्लीमा विश्वकै हाल सम्मको सवै भन्दा ठुलो हरितालीका तिज महोत्सब सम्पन्न भएको छ ।
हाम्रो स्वाभिमान ट्रस्ट, पतञ्जली योगपीठ हरिद्वारको आयोजनामा भदौ ३१ गते (सेप्टेम्बर १८ ) भारतको नयाँ दिल्ली स्थीत इन्दिरा गान्धी इन्डोर स्टेडियम आई टी ओ मा महोत्सब सम्पन्न भएको हो । २० हजार सिट क्षमता रहेको उक्त स्टेडियममा दर्शक दिर्घा निकै खचाखच रहेको थियो । दिँउसो १२ बजे देखि साँझ सम्म आयोजना गरिएको तिज महोत्सबमा ३० हजार बढी मानिसको उपस्थीति रहेको हाम्रो स्वाभिमान ट्रस्ट पतञ्जली योगपीठ हरिद्वारका साँस्कृतिक सचिब तथा कार्यक्रम संयोजक घनश्याम शर्माले जानकारी दिनुभयो ।
तिज महोत्सबमा भारतका योगऋषि स्वामी रामदेव, आचार्य बालकृष्ण महाराज, इन्डीया टिभिका अध्यक्ष एवं प्रधान सम्पादक चर्चीत पत्रकार रजत शर्मा, इन्डीया टिभिका सिइओ रितु धवन लगायतका बिशिष्ट व्यक्तित्वहरुको समुपस्थीतिमा सम्पन्न भएको कार्यक्रम संयोजक शर्माले बताउनुभयो । तिज महोत्सब कार्यक्रमको भारतका दुई चर्चीत टेलिभिजन आस्था च्यानल र इन्डीयन टिभिले प्रत्यक्ष प्रशारण गरेको शर्माले जानकारी दिनुभयो । हरितालिका तिजलाई यति महत्व दिएर भारतका दुई चर्चीत टेलिभिजन च्यानलहरुले प्रत्यक्ष प्रशारण गरेको यो हाल सम्मकै एतिहाँसीक कार्यक्रम हो ।

May be an image of 6 people and text
तिज महोत्सब कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकार प्रकाश सपुत र सिन्धु मल्ल तथा भारतको आसाम गुआटीबाट सुरेका क्षेत्रीको तिज विशेष प्रस्तुती रहेको थियो । विश्व समुदायले टेलिभिजन मार्फत प्रत्यक्ष रुपमा हेरिरहेको तिज महोत्सब कार्यक्रमा विशेष प्रस्तुती राखेका चर्चीत गाएक प्रकाश सपुतलाई स्वामी रामदेबले नेपालका सारुक खानको उपनाम समेत दिएर सम्मान गर्नुभयो । नेपाल र नेपाली प्रति आफ्नो श्रदा र विश्वास रहेको बताँउदै स्वामी रामदेवले नेपालको हर सुख दुखमा आफु साथमानै रहेको बताउनुभयो । स्वामी रामदेवले नेपालीको गौरबलाई विश्व सामु फैलाएको नेपाली समुदायले आफ्नो कला संस्कृतिलाई जोगाउनका लागि गरिएको कार्यक्रम उदाहारणीय रहेको बताउनुभयो ।
कार्यक्रममा आचार्य बालकृष्ण महाराजले भारतमा बसोबास गर्ने गोर्खाली तथा नेपाली समुदायले मनाउने हरितालीका तिजलाई सम्पुर्ण भारतीय पर्वको रुपमा मनाउनका लागि सम्मान स्वरुप भारतमा बिदा दिनुपर्ने आवाजहरु उठिरहेको बताँउदै त्यस बारेमा स्वामी रामदेव मार्फत भारत सरकार सम्म सन्देश पुर्याइने बताउनुभयो ।

नेपाली गोर्खाली विश्वका ८० भन्दा बढी देशहरुमा आफ्नो गौरबशाली संस्कृति र इतिहाँसलाई लिएर सम्पुर्ण विश्वको उन्नतीका लागि, समृद्धिका लागि काम गदै आइरहेको बताँउदै आचार्य बालकृष्णले तिजको कार्यक्रम आयोजना गरेर नेपाली र गोर्खालीको गौरब विश्व सम्म पुर्याउन महत्वपुर्ण कार्यहरु गरिरहेकोमा ट्रष्ट परिवारलाई धन्यवात दिनुभयो ।
भारतमा स्वाभीमा र नेपाली संस्कृतिको कुरा गर्दामा गौरबको अभाब देखिने गरेको बताँउदै आचार्य बालकष्णले भन्नुभयो “आफ्नो संस्कृति प्रति स्वयम गर्व गर्न सिक्नु पर्दछ । कहिले काँही जव गोर्खालीको कुरा हुन्छ । हामी कहिन कहि हाम्रो स्वाभीमान, गौरबको अभाब पाइन्छ । हाम्रो स्वाभीमान भनेकोनै यहि हो हाम्रो स्वाभीमान, हाम्रो कार्यले, हाम्रो पुरुषार्थले, हाम्रो तपस्याले सम्पुर्ण दुनियाँले जानोस त्यहीनै हाम्रो लक्ष्य हो । त्यसैका लागि हामीले काम गर्ने हो । त्यहीनै नेपाली र गोर्खालीको पहिचान पनि हो । पहिचानलाई विश्वमा पुर्याएर आफ्नो कर्मको ध्वनी, शव्दको ध्वनी विश्व सम्म फैलाउनु पर्दछ”
कार्यक्रममा इन्डीया टिभिका अध्यक्ष एवं प्रधान सम्पादक चर्चीत पत्रकार रजत शर्माले नेपाली समाज र गोरखाली समाज पराक्रम, सौय र बिरताको रुपमा मात्र नभएर गित, संगीत र संस्कृतिको संरक्षणमा समेत अगाडी देखेको बताउनुभयो ।
पत्रकार शर्माले जुन समुदायमा सौर्यको पराक्रम, गित, संगित र नृत्यका संगम हुन्छ उसलाई दुनियाँमा कसैले हराउन नसक्ने बताउनुभयो ।
तिज महोत्सबको अवसरमा संस्थाले प्रत्यक बर्ष प्रदान गर्र्नेे हाम्रो गौरब पुरस्कार यस बर्ष बिभिन्न क्षेत्रमा विशेष योग्दान दिनुहुने ९ जना व्यक्तित्वहरुलाई प्रदान गरिएको छ । जस अनुसार स्वतन्त्र सेनानी, राजनीतिज्ञ स्व दलबीर सिंह लोहार, शिक्षाविद, सिक्कीम विश्वविद्यालयका संस्थापक प्रो डा महेन्द्र पि. लामा, त्रिपुरा विश्वविद्यालयका कुलपति, मानव संसाधन व्यवस्थापन विज्ञ प्रो. डा गंगा प्रसाद प्रसाई, विश्वविख्यात संगितकार रंजीत गजमेर, फिल्म अभिनेत्री बिपना थापा, बरिष्ठ प्रशासन अधिकारी एवं समाज सेवक डि.वि क्षेत्री, बाओ मोमोका संस्थापक बिनोद हुमागाई, जैन गुरु मणिभद्र मुनी जी महाराज, भारतका राष्ट्रपतिद्धारा बी.एस.एम र बी.ए.आरु पदक प्राप्त गर्नुभएका एन्टी एरक्राफ्ट अपहरण गर्ने अपरेशन कमाण्डर ब्रिगेडीयन सीबि थापालाई प्रदान गरिएको हो ।

May be an image of 4 people, dais and text

May be an image of 4 people and text

May be an image of 3 people, temple and text

May be an image of 3 people, dais and text

कार्यक्रममा भारतका लागि नेपाली राजदुत डा. शंकर प्रसाद शर्मा सहित भारतका बिभिन्न राजनैतिक दलका नेताहरु, नेपाली संघ, संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थीति रहेको थियो ।

May be an image of 4 people, temple and dais

May be an image of 8 people

May be an image of ‎8 people, temple and ‎text that says '‎PATANJALE Cosmeti हाग्रो स्वाभिमान ट्रस्ट पतंजलि हरिद्वार प्रस्तुत गर्दछ हरितालिका तीज महोत्सव 2023 বलরু SURYA P SURYA Mtamn Po BARAL جر‎'‎‎

May be an image of 6 people and people dancing

May be an image of 6 people, crowd and text

May be an image of 1 person and dancing

May be an image of one or more people, crowd and text that says 'PATANJALL T हाम्रो स्वाभिमान ट्रस्ट पतंजलि हरिद्वार प्रस्तुत गर्दछ हरितालिका तीज महोत्सव 2023 SURYA 2007172378 SURYA expert PATANJALI C BARAL'

May be an image of 11 people, wedding and text

ghgh

ghgh

May be an image of 2 people, beard and text

May be an image of 1 person

May be an image of one or more people

fg

प्रतिक्रिया दिनुहोस्

Array