कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं,  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । गत भदौ २३ गते सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमु्ख सचेतक रेवतीरमण भण्डारीका अनुसार आज दिउँसोसम्ममा मुख्यमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनका अनुसार कार्कीले आज निरन राई, बुद्धिकुमार राजभण्डारी, लिलाबल्लभ अधिकारी र रामप्रसाद मेहतालाई मन्त्री नियुक्त गर्न लागेका हुन् । उनीहरुले पाउने मन्त्रालय भने नटुंगिएको भण्डारीले बताए ।

यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छ्न् । संविधानको धारा १६८ (३) अनुसार कोशीमा ठूलो दलको हैसियतमा एमाले सरकारले आगामी असोज २० सम्म विश्वासको मत लिइसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array