काठमाडौं, मिति २०८० आश्विन ०९ गते भीरबाट लडी घाइते भएका गोरखा जिल्ला, चुमनुब्री गाउँपालिका वडा नं.२, स्यो गाउँका ८० वर्षीय छेन्चा दोर्जेलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उपचारको लागि काठमाडौँ ल्याइएको छ । दाङ जिल्ला, लमही नगरपालिका वडा नं.९ स्थित महेन्द्र राजमार्गमा काठमाडौँबाट सुर्खेत तर्फ जाँदै गरेको यात्रुवाहक बस आजै बिहान ०५४५ बजे अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका व्यक्तिहरूको नेपाली सेनाले उध्दार गरी नेपालगन्ज अस्पताल पठाउन सहयोग गरेको छ ।
नेपाली सेनाद्वारा लडी घाइतेको उध्दार

प्रतिक्रिया दिनुहोस्