“वैदेशिक रोजगारको लागि टर्की पठाई दिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ : केन्द्रीय अनुसन्धान ब्यूरो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं  जिल्ला कास्की पोखरा म.न.पा वडा नं. ५ लेखनाथ टोल स्थायी ठेगाना भएको वर्ष ४२ को बिनोद श्रेष्ठ समेतले सिर्जन कुमार राई समेत ३० जनालाई टर्कीमा गएको भुकम्प पश्चात पुन: निर्माणको लागि यु.एन. (UN) ले  सहयोग गर्ने उद्देश्यले  मासिक १४०० (चौध सय) अमेरिकी डलर तलब दिने प्रलोभन देखाई वैदेशिक रोजगारीको लागी टर्की पठाई दिने भनि रु. १,१५,९९,८००।– ( एक करोड पन्ध्र लाख उनान्सय हजार आठ सय ) रकम ठगी गरेकोले आवश्यक कारवाहीको लागी वैदेशिक रोजगार विभाग ताँहाचल, काठमाण्डौंबाट प्राप्त जाहेरी दरखास्त सहित सक्कलै कागजातहरुको आधारमा उक्त कसूरमा संलग्न सुरुची भुजेललाई यस ब्यूरोबाट खटिई गएको प्रहरी टोलीले मिति २०८०/०६/०६ गते पोखरा, कास्कीबाट पक्राउ गरि सम्मानित काठमाण्डौं जिल्ला अदालत बबरमहलबाट दिन  ७ (सात) म्याद लिई ठगी सम्बन्धी कसूरमा अनुसन्धान भई रहेको व्यहोरा सूचित गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्