महासचिव प्रत्यासी बुद्धि सुवेदीलाई गंगाधर गौतमको समर्थन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० आश्विन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव गंगाधर गौतमले अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठ टीममा रहेका महासचिवका प्रत्यासी बुद्धि सागर सुवेदीलाई समर्थन गर्ने भएका छन् । एनआरएनए युरोपमा राम्रो प्रभाव जमाएका गौतम अब टीम महेशबाटै पदाधिकारीमा समेटिने भएका छन् । संस्थामा देखिएको ध्रुवीकरण रोक्न र एकताका लागि भन्दै उनले महासचिवका प्रत्यासी सुवेदीलाई समर्थन गरेको बताए । ‘म एनआरएनए रुपान्तरणको पक्षमा छु । संस्थालाई एकताबद्ध बनाएर लैजान सकिन्छ भने कसैको बाधक बन्दिनं  । अभियानलाई थप सशक्त, संगठित एवम सुदृढीकरणका लागि टीम महेशमा रहेका महासचिवका प्रत्यासी बुद्धिजीलाई समर्थन गर्न तयार छु,’ उनले भने ।

आउँदो अक्टोबर १७ देखि २० तारिखसम्म काठमाडौंमा हुन लागेको ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी श्रेष्ठ र महासचिवका प्रत्यासी सुवेदी हालैमात्र जापान भ्रमण सकेर फर्किएका छन् । उनीहरु युरोप र मध्यपूर्वको भ्रमणमा निस्किने तयारीमा छन् । संसारभरि रहेका डेलिगेट्सहरुको राम्रो समर्थन जुटाइरहेको टीम महेशले जित निश्चित भएको दावी गर्दै आएको छ ।

एनआरएनए एनसीसी अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीले संगठनलाई २१ औं शताब्दी अनुकूल पारदर्शी र जवाफदेही बनाउँदै राष्ट्रिय समन्वय परिषदहरुलाई अरु बढी सशक्त बनाउन आफुले महासचिव पदमा उम्मेदवारी दिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array