तारकेश्वर महादेव मन्दीरमा पहिलो पटक पुजारेको व्यवस्था गरेर दैनिक नित्य पुजा सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० आश्विन २०८०, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । धार्मिक, पौराणिक एवं ऐतिहासिक महत्व बोकेको तारकेश्वर नगरपालिका वडा नं ३ स्थीत प्रशिद्ध तारकेश्वर महादेव मन्दीरमा पहिलो पटक पुजारेको व्यवस्था गरेर नित्य पुजा सुरु गरिएको छ ।
तारकेश्वर महादेव मन्दीर व्यवस्थापन समितिले सोमबारबाट दैनिक रुपमा पुजारेको व्यवस्था गरेरे बिहान पुजा र बेलुकी आरती सहितको नित्यपुजा सुरु गरेको हो । श्री स्वस्थानी ब्रत कथामा उल्लेख भए अनुसार पौराणिक कालमा सतिदेवीको अँग पतन भई तारकेश्वर महादेव उत्पत्ति भई शक्तिपीठको रुपमा रहेको भनाई छ । सोही तारकेश्वर महादेवको नामबाट यस नगरपालिकाको नाम तारकेश्वर नगरपालिका रहन गएको हो ।
दैनिक नित्यपुजाको सुरुवात गर्ने क्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुलाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, वडा नं २ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण खडगी, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ६ का घनश्याम श्रेष्ठ, प्राविधिक शाखाका प्रमुख पुर्णकाजी महर्जन सहितले नित्यपुजामा सहभागी भएर पुजाको सुभारम्भ गर्नुभएको थियो ।
मन्दीरको महत्व
काठमाडौं उपत्यकाको उत्तरतिर तारकेश्वर नगरपालिका वडा नम्बर ३ मा अवस्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको सिमानाभित्र पर्ने तारकेश्वर महादेव मन्दीर धार्मिक, पौराणिक एवं ऐतिहासिक धामिक स्थल हो । प्राकृतिक सौन्दर्यको खानी शिवपुरी पर्वतमालाको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो जहाँ जनैपूर्णिमाको दिन ठूलो मेला लाग्छ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण यस स्थलबाट सजिलै काठमाडौँ उपत्यकालाई नजिकैबाट दृश्यावलोकन गर्न सकिन्छ । ऐतिहासिक पाँचमाने जितपुरफेदीबाट आर्मी ब्यारेक हुँदै पुग्न सकिने तारकेश्वर महादेव मन्दिरमा जनै पूर्णिमाको दिन ठुलो मेला लाग्दछ । श्री स्वस्थानी व्रत कथामा वर्णन भए अनुसार सतीदेवीको दाहिने तिघ्रो पतन भएको स्थानमा तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहे भन्ने उल्लेख छ । तारकेश्वर महादेव मन्दिर पहरामा रहेको छ । मन्दिर जाने बाटोमा झरना, गुफा, पोखरी, पाटी पनि रहेका छन्। साथै तारकेश्वर मन्दिरमा कबिरपन्थी सम्प्रदायका साधुहरु ध्यान गरी बस्ने ठुलो कुटी समेत रहेको छ । नववर्ष, एकादशी,हरितालिका तिज,शिवरात्रि, जनै पूर्णिमा जस्ता तिथि वा चाडपर्वमा टाढा –टाढाबाट भक्तजनहरू यहाँ पूजा आराधना गर्ने र मेला भर्ने गर्दछन्। यो स्थान आध्यात्मिक पर्यटन तथा प्रकृतिमा विचरण गर्न चाहने आन्तरिक र बाह्य पर्यटकको लागि एउटा अलौकिक गन्तव्य हो ।

No description available.

dfdf

प्रतिक्रिया दिनुहोस्

Array