फेवातालको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाउन पोखरा महानगरपालिकालाई सर्वोच्च अदालतले आदेश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० आश्विन २०८०, बुधबार
1 Min Read
Aa

सन्तोष सुवेदी

पोखरा ,  फेवातालको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाउन पोखरा महानगरपालिकालाई सर्वोच्च अदालतले आदेश दिएको छ । पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध परेको रिट निवेदनको पूणर्पाठमा सर्वोच्चले फेवातालको वरिपरि वर्षायामको उच्चतम पानीको किनाराबाट ६५ मिटरसम्मको क्षेत्रमा रहेका सबै संरचना ६ महिनाभित्र अनिवार्य हटाउनुपर्ने उल्लेख गरेको छ ।

सर्वोच्चले फेवालतालको मापदण्डसँग सम्बन्धमा परेका पाँचवटा रिटको फैसला गर्दै २०७५ वैशाख १६ गते फेवातालको मापदण्ड ६५ मिटर र बनेका संरचना ६ महिनाभित्र हटाउन असार ४ गते परमादेश दिएको थियो ।

परमादेशको पूर्णपाठमा ६५ मिटरसम्मको क्षेत्रमा रहेका घर, भवन, व्यापार व्यवसाय, होटल रेष्टुरा, रिसोर्ट आदि तथा अन्य सबै खाले व्यक्तिगत, सरकारी वा सार्वजनिक भौतिक संरचना यो आदेश प्राप्त भएको मितिले ६ महिनाभित्र अनिवार्य रूपमा हटाई खाली गर्न आदेश दिएको छ ।

gorkhapatraonline

प्रतिक्रिया दिनुहोस्

Array