मिड सोलु हाइड्रोपावर लिमिटेडको सर्वसाधारणलाई निष्काशन गरिएको प्राथमिक शेयर बाँडफाँड

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ आश्विन २०८०, बिहीबार
3 Min Read
Aa

काठमाडौं,  एन आई सी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिड सोलु हाइड्रोपावर लिमिटेडको जारी पूँजी रु. ७४,८४,००,०००÷– को २०% अर्थात् रु.१४,९६,८०,०००÷– रकम बराबरको रु.१०० अंकित दरका १४,९६,८०० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि निष्काशन गरिएको थियो । कम्पनीको जारी पूँजीको १०% अर्थात रु.७,४८,४०,०००÷– रकम बराबरको रु.१०० अंकित दरको ७,४८,४०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्काशन गरी बाँडफाँड गरिएको र कम्पनीको जारी पूँजीको १०% अर्थात रु.७,४८,४०,०००÷– रकम बराबरको रु.१०० अंकित दरका ७,४८,४०० कित्ता साधारण शेयर मध्ये ७४,८४० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई निष्काशन गरि बाँडफाँड गरिएको । सामूहिक लगानी कोषलाई छुट्याइएको ३७,४२० कित्ता शेयर र कर्मचारीहरुलाई छुट्याइएको शेयर खरिदको लागि प्राप्त १४,९६८ कित्ता शेयर समेत बाँडफाँड गरि बाँकी रु.६,२१,१७,२००÷– रकम बराबरको रु.१०० अंकित दरका ६,२१,१७२ कित्ता साधारण शेयरहरु मिति २०८०÷०५÷२९ गतेदेखि मिति २०८०÷०६÷०२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त साधारण शेयर निष्काशनमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पुर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट निम्न बमोजिम आवेदन परेको र प्राप्त आवेदनको प्रशोधन गरि सोको बाँडफाँड देहाय बमोजिम गरिएको व्यहोरा अनुरोध छ ।

निष्काशनको समयमा सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट जम्मा १३,८१,५७५ जना आवेदकहरुबाट जम्मा १,५४,२९,६०० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएकोमा सो मध्ये सम्बन्धित सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट विभिन्न कारणबाट ९५,१९५ जना आवेदकहरुबाट १३,७३,३९० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरे पश्चात् जम्मा १२,८६,३८० जना आवेदकहरुबाट १,४०,५६,२१० कित्ता शेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको थियो ।

साथै, निष्काशन तथा बिक्री प्रबन्धकबाट प्राप्त आवेदनहरु रुजु गर्दा ७४६ जना आवेदनकबाट १२,७३० कित्ता शेयर खरिदको लागि दोहोरो आवेदन प्राप्त भएको, १,५५१ जना आवेदकहरुबाट प्राप्त १९,५५० कित्ता शेयर स्थानिय बासिन्दाहरुलाई निष्काशन गरेको समयमा शेयर आवेदन गरेका र बाँडफाँडमा समेत शेयर पर्न सफल भएका र १,२६४ जना आवेदकहरुबाट प्राप्त १८,६२० कित्ता शेयर बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको समयमा शेयर आवेदन प्राप्त भई बाँडफाँडमा समेत शेयर पर्न सफल भएका आवेदकहरु समेत गरी जम्मा ३,५६१ जना आवेदकहरुबाट जम्मा ५०,९०० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रितपूर्वक नदेखिएको हुँदा उक्त आवेदनहरुलाई रद्द गरी रितपूर्वक प्राप्त जम्मा १२,८२,८१९ जना आवेदकहरुबाट १,४०,०५,३१० कित्ता शेयर खरिदको लागि प्राप्त आवेकहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ता देखि ६,००० कित्ता शेयर खरिद आवेदन गर्ने ६२,११७ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ता शेयरको दरले जम्मा ६,२१,१७० कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको २ कित्ता शेयर २० कित्तादेखि ६,००० कित्ता शेयर आवेदन गर्ने आवेदकहरु मध्ये शेयर पर्न सफल आवेदकहरुलाई पूनः गोलाप्रथाको माध्यमबाट थप २ कित्ता शेयर २ जना आवेदकलाई निष्काशन तथा बिक्री प्रबन्धक, निष्काशनकर्ता कम्पनी, नियमनकारी निकायका प्रतिनिधीहरु र प्रोफेशनल कम्प्युटर सिस्टम प्रा.लि. का प्रतिनिधि लगायत सर्वसाधारण लगानीकर्ताहरुको उपस्थितिमा बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

साथै बाँडफाँडको नतिजा यस क्यापिटलको वेवसाईट धधध।लष्अबकष्बअबउष्तब।िअयm वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेवसाईट धधध।ष्उयचभकगति।अमकअ।अयm।लउरmभचयकजबचभ।अमकअ।अयm।लउ बाट हेर्न सकिने व्यहोरा अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

Array