बिल बिजक जारी नगरेसम्म ढुंगा, गिटी र बालुवा बिक्री बितरण नगर्न तारकेश्वर नगरपालिकाको अनुरोध

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाले बिल बिजक जारी नगरेसम्म ढुंगा, गिटी र बालुवाको बिक्री बितरण नगर्न सबैलाई आग्रह गरेको छ ।
नगरपालिकाले आर्थिक बर्ष २०८०÷८१ का लागि बिल बिजक जारी गर्ने प्रकृयामा रहेकाले त्यस बारेमा निर्णय नभए सम्म ढुवानी नगर्न आग्रह गरेको हो ।
तारकेश्वर नगरपालिकाले बिल बिजक जारी नगर्दै ढुंगा, गिटी र बालुवाको अबैध बिक्री बितरण भएपछि नगरप्रहरी र नेपाल प्रहरीको सहकार्यमा दैनिकरुपमा चेकजाँच भइरहेको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरपालिकाले ढुंगा, गिटी र बालुवाको टेण्डरको क्रममा रहेकाले बिल जारी नभएसम्म त्यस्ता सामान बिक्री नगर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
नगरप्रमुख महर्जनले भन्नुभयो “ढुंगा, गिटी र बालुवा बिक्री गर्ने व्यवसायी, ढुवानीकर्ताहरु धेरै मेले चिनेका साथीहरु पनि हुनुहुन्छ, उहाँहरुलाई मर्का परेको होला तर नगरपालिका पनि राजश्वले चल्ने गर्दछ भन्ने उहाँहरुले बुझेकै कुरा हो, नगरपालिकाको बिकासमा उहाँहरुको पनि योग्दान हुने गर्दछ, त्यसैले नगरपालिकाले बिलबिजक जारी नगरेसम्म ति सामानहरु बिक्री बितरण नगर्न म सबैलाई आग्रह गर्दछु ”
नगरपालिकाले ढुंगा, गिटी र बालुवा बिक्रीका लागि बिल बिजक जारी नगरेसम्म बिक्री गर्नु गैरकानुनी हुने बताँउदै नगरप्रमुख महर्जनले त्यसरी बिक्री गरेका पाइएमा कारबाही गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array