जुद्धशमशेरको सालिकदेखि  हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्दै : राष्ट्रपति रामचन्द्र पौडेल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुग्नुभएको छ । राष्ट्रपति रामचन्द्र जुद्धशमशेरको सालिकदेखि  हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न पुग्नुभएको हो । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रमा सवारी प्रवेशमा रोक लागाउने निर्णय गरेसँगै राष्ट्रपतिको सवारीलगायत अन्य सवारी जुद्ध सालिक अगाडि रोकिएका थिए । बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । राष्ट्रपतिले इन्द्रजात्रा हेर्ने चलन छ । राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका उपप्रमुख  सुनीता डङ्गोलले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array