दक्षिण सुडानमा नेपाली शान्ति सैनिकहरुको अदलीबदली

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ ,  दक्षिण सुडानमा कार्यरत United Nations Mission in South Sudan (UNMISS) मा तैनाथ श्री शेर गण (शान्ति सेना) बाह्रौँ डफ्फालाई बदली गर्न खटिएको श्री तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फाका ९१ जना शान्ति सैनिकहरू मिति २०८० आश्‍विन १० गते मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । सेनानी डम्मर बहादुर पुनको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा प्रस्थान गरेको उक्त टोली तारादल गणको अन्तिम टोली हो । गणपति, प्रमुख सेनानी अनिल के.सी.को कमाण्डमा रहेको सो गणका ६०९ जना सकलदर्जा यस अगावै मिसन इलाका पुगिसकेका छन् ।

यस्तै, उक्त मिसनमा तैनाथ श्री शेर गण (शान्ति सेना) बाह्रौँ डफ्फाका ९१ जना शान्ति सैनिकहरू गणपति, प्रमुख सेनानी मदन जंग कार्कीको नेतृत्वमा मिति २०८० आश्‍विन १० गते स्वदेश फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array