गैरआवासीय नेपाली संघको उपमहासचिबमा अस्ट्रेलियाका कृष्ण गिरीको उम्मेद्धवारी घोषणा, नाम भन्दा कामको लागि गिरीको उम्मेद्धवारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ आश्विन २०८०, शनिबार
3 Min Read
Aa

एअनआरएनए यूवा अभियन्ता एवं एनआरएनए आईसीसी पूर्व यूवा संयोजक कृष्ण गिरीले अक्टोबर २०२३ मा हुन गहिरहेको गैर आवासीय नेपाली संघको महाधिवेशनमा उपमहासचिब पदमा उमेद्वारी दिने बताएका छन । गिरी २०१५ मै पुन यूवा संयोजकका प्रत्यासी भएका थिए भने २०१७ र २०१९ मा सचिब पदमा उमेद्वारी दिने तयारी गरी अन्तिम समयमा उमेद्वारी फिर्ता लिएका थिए । सन २०२१ मा उनि एनआरएनए मिलाउन सक्रिय रहेका थिए ।

आफनो अनुभब, दक्षता, बिज्ञतालाई संस्थाको पदिय जिम्मेवारीमा बसी योगदान गर्न सकिने बिश्वासका साथ नयां सोच र जोश सहित संस्थाको रुपान्तरणका लागि आफनो उमेद्वारी रहेको बताएका छन । नेपाली डेयासपोरामा काम गर्नका लागिनै उपमहासचिब पदमा उमेद्वारी दिने निश्कर्षमा पुगेको गिरीले बताए ।

सन २०१३ मै एनआरएनए आईसीसीको का. यूवा संयोजक भएर कार्य गरेका उनिले प्रवासमा रहेका दोश्रो पुष्तालाई नेपाल र नेपाली संग जोडन गरेको “डलर १ कापी र कलम” परियोजनाले त्यसताका निक्कै चर्चा सहित सफता पाएको थियो ।
एनआरएनएमा बोल्ने भन्दा बढी काम गर्नेको पहिचन बनाएका गिरीले एनआरएनए एनसीसी अष्ट्रेलियाको कार्यसमिति सदस्य, सल्लाहकार, आईटी संयोजक, एनआरएनए आईसीसी सातौ क्षेत्रिय सम्मेलनको सफल आयोजना, सिड्नी नेपाल फेस्टिभल आयोजना, एनआरएनए भवन निर्माण आर्थिक संकलन, सामाजिक कल्याण कोष स्थापना तथा आर्थिक संकलन लगायतका परियोजनामा उल्लेखनिय एवं मुख्य कार्य सम्पादन गरेका छन ।

गिरी सन २०११ देखि निरन्तर आईसीसी र एनसीसीका बिभिन्न समितिमा बसेर कार्यसम्पादन गर्दै आएका छन । हाल अन्तर्राष्ट्रिय झापाली समाजको सल्लाहकार समेत रहेका उनि झापाली समाज अष्ट्रेलियाको संस्थापक पनि हुन । बिद्यार्थी जिवनदेखि नै राजनितिमा जोडिएका गिरीमा त्रिचन्द्र क्याम्पस स्ववियूमा कार्य गर्दै जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्ष समेत भएर कार्य सम्पादन गरेको अनुभव रहेको छ । गैरआवासीय नेपाल संघ पूर्णरुपमा नेपाल सरकार, राजनितिक दल र नेताहरु संग मिलेर नेपालीका लागि नेपाली नार सहित कार्य गर्नुपर्ने वास्तविकतालाई नजिक बाट बुझेका इन्जिनियर कृष्ण गिरी ले संस्थाको आन्तरीक सुधार र नितिगत कार्यका लागि थप योगदन गर्न सक्ने स्पष्ट देखिन्छ ।

१० बर्ष भन्दा बढि समय नेपाली भिजन अष्ट्रेलियाको प्रकाशक एवं सम्पादक भएर कार्य गरेको अनुभब संगालेका उनिमा डिजिट टेक्नोलोजि एवं आईटिमा समेत निपूर्णता रहेको छ । अष्ट्रेलियान राज्य सरकारको शिक्षा बिभागमा आईटि स्पेसलिष्टका रुपमा कार्यरत गिरीले कोभिडका बेला प्रवासमा रहेका नेपाली समुदाय र अभियन्ताहरुलाई टेक्नोलोजिका माध्यमबाट जोडन भुगोलले छेक्दैन भन्ने अभियनमा समेत कार्य गरेका थियो ।

सामाजिक कार्य र नेतृत्वदायी भूमिकामा उच्च स्थान बनाएका गिरीलाई होम कन्ट्रि अष्ट्रेलियाबाट सबैको सहयोग प्राप्त हुने बिश्वास लिएका छन । यहि बिश्वसले अन्तर्राष्ट्रिय स्तरमा थप सहयोग र साथ मिल्ने आशा सहित सहयोगका लागि अपिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

Array