संयुक्त अभ्यास Balance Nail सम्पन्‍न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ आश्विन २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं,  यही भाद्र २४ गते सुरु भएको चालिसौं संस्करणको Joint Combined Exchange Training (JCET) Balance Nail आज मिति २०८० असोज १२ गते समापन भएको छ । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाका ४२ जनाको सहभागिता रहेको उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उध्दार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान भएको थियो ।

 आज आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै सैनिक तालिम महानिर्देशक उपरथी श्री  सन्तोष कुमार ढकालले सहभागीहरूलाई अभ्यासको दौरान सिकेका सिपहरूलाई आफ्नो पेसागत क्षमता विकासमा सदुपयोग गर्न सुझाव दिनु भयो । उहाँले तालिम लगायतका क्षेत्रहरूमा पुर्‍याउँदै आएको सहयोग र सहकार्यको लागि संयुक्त राज्य अमेरिकी सेनालाई धन्यवाद ज्ञापन गर्नु भयो । त्यस अवसरमा काठमाडौँस्थित अमेरिकी राजदूत महामहिम Dean R. Thompson ले सफलता पूर्वक अभ्यास सम्पन्न गर्ने दुवै देशका सहभागीहरूलाई बधाई ज्ञापन गर्नु भयो । 

 संयुक्त अभ्यास समापन समारोहमा रथीवृन्द, अधिकृतहरूका साथै अमेरिकी दूतावासका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array